पर्सा । वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनका महानगर प्रमुखका साझा उम्मेदवार राजेशमान सिंह र एमालेका विजयकुमार सरावगीबीचको मतान्तर फराकिलो बन्दै गएको छ । साँझ सवा ६ बजेसम्म ७ वटा वडामा भएको मतगणनामा गठबन्धनका साझा उम्मेदवार सिंह सरावगीभन्दा २ हजार ८२७ मतले अगाडि छन् । वडा नम्बर १, २, ३, ४, ३०, ३१ र ३२ गरी ७ वटा वडामा १० हजार ४८१ मत गणना गर्दासिंहले ५ हजार १३३ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी सरावगीले २ हजार ३०६ मत ल्याएका छन् । महानगर प्रमुखमै राष्ट्रिय प्रजातन्त्र पार