बागमती सरकारको नेतृत्वमा पाण्डे र बानियाँबीच आलोपालो गर्ने सहमति

४ कात्तिक, काठमाडौं । बागमती प्रदेशमा सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ । बिहीबार प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकले प्रदेशसभाको कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी […]

सम्बन्धित सामग्री

चितवनको रत्ननगरमा दोस्रो रोजगार मेला हुँदै

चितवन । चितवनको रत्ननगरमा दोस्रो रोजगार मेला २०७९ हुने भएको छ । आगामी चैत १० देखि १२ गतेसम्म मेला आयोजना हुने भएको हो । ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’को नाम दिएको मेला रत्ननगरको होटल स्टार ब्याङ्क्वेटमा गरिने भएको हो । अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलोपटक रोजगार मेलाको आयोजना गरेको थियो । आलोपालो रूपमा रोजगार मेला गर्नेगरी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच यसअघि नै भद्र सहमति भएअनुरूप रत्ननगरले मेला गर्ने भएको हो । आइतवार बसेको रोजगार मेला मूल समितिको बैठकले यस्तो निर्णय गरेको हो । जागीर खोज्ने र जागीर दिनेका बीचमा भेटघाट गराउने उद्देश्यले रोजगार मेला आयोजना गरिएकोे नगरप्रमुख प्रह्लाद सापकोटाले बताए । मेलामा स्टल तथा प्रवेश नि:शुल्क गरिने भएको छ । रोजगारीको खोजीमा रहेका युवा र कामदारको अभाव झेलिरहेका व्यवसायीलाई एकै ठाउँमा भेटाउने उद्देश्य अनुरूप मेलाको आयोजना गरिएको नगर प्रमुख सापकोटाको भनाइ छ । भरतपुर महानगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको ‘रोजगार बैंक’को अवधारणाअनुसार रोजगार मेला सञ्चालन गर्न लागिएको बताएको छ । मेलामा कुनै किसिमको आर्थिक कारोबार नहुने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले बताए । मेलामा दुवै पालिकाभित्रका सम्पूर्ण संघसंस्थाले सहयोग गर्ने भएका छन् । बागमती प्रदेशका भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा यो कार्यक्रम सञ्चालित छ । अघिल्लो वर्ष भरतपुर महानगरमा भएको मेलामा १७ जनाले रोजगारी पाएका थिए ।

बागमतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका जम्मकट्टेल निश्चिति

हेटौंडा । बागमती प्रदेशमा आगामी सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले बागमती प्रदेशमा माओवादी केन्द्र र एमाले बीच आलोपालो सरकारको नेतृत्व गर्ने

बागमतीमा मुख्यमन्त्री हेरफेर नहुने, जोगियो राजेन्द्र पाण्डेको पद

२१ असार, काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेरको सम्भावना तत्काललाई टरेको छ । यससँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् । सरकार गठनको समयमा बागमती प्रदेशमा कांग्रेस, माओवादी  केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भएको […]

बागमती प्रदेशको बाछिटाबाट लुम्बिनी प्रदेश मुक्त

बागमती प्रदेशमा सत्तारुढ गठबन्धनभित्रै सत्ता परिवर्तनको खेल सुरु भएको छ । तर बागमती प्रदेश सरकार परिवर्तनको खेलको असर लुम्बिनी प्रदेशमा भने देखिएको छैन । गठबन्धन सरकार बन्दा सुरुमा लुम्बिनी प्रदेशमा पनि आलोपालो सरकार चलाउने भद्र सहमति भएको थियो ।नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरे पनि अहिले गठबन्धन दलहरूबीच सम्बन्ध मजबुत भएकाले सत्ता परिवर्तनको खेल सुरु नभएको गठबन्धन घटकका नेताहरु बताउँछन् ।लुम्बिनी प्रदेशका गठबन्धन दलहरूलाई केन्द्रबाट सरकार परिवर्तन

बजेट पारित भएलगत्तै मुख्यमन्त्री बन्दै ईन्द्रबहादुर बानियाँ

काठमाडौं, १२ असार । बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तन हुने भएको छ । गठबन्धनको सरकार रहेको बाग्मतीमा अहिले नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री छन् । पाण्डे मुख्यमन्त्री हुँदा नै आलोपालो सरकारको नेतृत्वबारे सहमति बनेको थियो । उक्त सहमतिअनुसार पाण्डेपछि कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुने भनिएको थियो । तर, सहमति […]

आचार्य नेतृत्वको सरकार कार्तिक १५ मै बिदा होला त ?

बागमती प्रदेशमा बिहीबार गठबन्धन सरकार गठन भए पनि प्रदेश १ मा नेपाली काँग्रेसको लफडाका कारण मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारको आयु लम्बिएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनबीचको सहमति अनुसार काँग्रेस अघि बढेको भए प्रदेश १ मा तीन दिन अघि नै सरकार परिवर्तन भइसक्थ्यो । काँग्रेसभित्र शेखर कोइराला पक्षले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने अडान राखेका कारण कात्तिक ७ गतेका लागि बोलाइएको प्रदेशसभा बैठक कात्तिक १५ गतेका लागि सारिएको छ ।प्रदेशसभा बैठक सार्नुमा काँग्रेसकै भूमिका देखिएक

कांग्रेसलाई पहिलो गाँसमै ढुंगाः राजेन्द्र पाण्डले भने– आलोपालो सहमति भएको छैन

बागमती प्रदेशमा सरकार चलाउने विषयमा सत्ता गठवन्धनका दलहरु नेपाली कांग्रेस र नेकपा एसमा अझै पनि तानातानको अवस्था छ। वाग्मती प्रदेशको सरकार कस्ले चलाउने भन्ने विषयमा सहमति हुन नसकेपछि आधा–आधा कार्यकालका लागि ...

बागमतीले प्रदेश १ मा गठबन्धनभित्र अन्योल

मोरङ – बागमती प्रदेशमा सरकार आधाआधा कार्य बाँडिने खबर बाहिरिएसँगै प्रदेश १ मा गठबन्धनमा अन्योल सुरु भएको छ। प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाका अनुसार बागमती प्रदेशको गठबन्धनको समाचारले अन्योल छाएको बताएका छन्। गठबन्धनले यसअघि प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीको जिम्मेवारी दिने सहमति गरेको भए पनि बागमती प्रदेशको आलोपालो रणनीतिमा कांग्रेस […]

बागमतीमा राजेन्द्र पाण्डे र इन्द्र बाँनिया आलोपालो मुख्यमन्त्री बन्ने

काठमाडौं, ४ कात्तिक । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री बन्दैछन् । उनलाई गठबन्धनले मुख्यमन्त्रीका लागि अगाडि सार्ने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउन नसकेलगत्तै पाण्डेको नाम अगाडि सारिने भएको छ । पाण्डेलाई मुख्यमन्त्री बनाउन सहमत गर्नुअघि आधा कार्यकाल इन्द्र बाँनियालाई मुख्यमन्त्रीको जिम्मेवारी दिने गरी सहमति बनेको […]