प्रदेश १ प्रदेशसभाको पाँच वर्षे कार्यकालको अन्तिम बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बजेट अधिवेशन गत साउन २२ गते स्थगित भएको थियो । प्रदेश १ को नामकरण गर्ने भन्दै दलहरुले छलफललाई तीब्र बनाएका कारण सहमतिका लागि भन्दै बैठक अन्त्य गरिएको थियो । यद्यपि दलहरुबीच नामको विषयमा सहमति हुन सकेन । आजको बैठकमा उद्योग पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष ०७८÷०७९ को वार्षिक प्रतिवेदन पेश हुने, प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था