वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारहरू मत तान्नका लागि आ–आफ्ना नारा र प्रतिबद्धताहरु सार्वजनिक गरिरहेका छन् । आम सर्वसाधारण भने दलहरू तथा उम्मेदवारका त्यस्ता प्रतिबद्धतामाथि विश्वास गर्न सकिरहेका छैनन् । चुनावको अगाडि यस्ता प्रतिबद्धता आउने गरे पनि चुनावपछि कसैले तिनलाई ख्याल नगर्ने मतदाताको भनाइ छ ।मधेस केन्द्रित दल पनि आ–आफ्नो एजेण्डा, घोषणापत्रका साथ चुनावी मैदानमा छन् । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहक