स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भएको सामाजिक सञ्जाल र डिजिटल मिडियाको प्रयोग र अनुगमन कार्यको समीक्षा गरिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गठन गरेको सामाजिक सञ्जाल अनुगमन समितिको बुधबार भएको बैठकमा सामाजिक सञ्जालको प्रयोग भई सञ्चालित मतदाता शिक्षा र निर्वाचन प्रचार, सामाजिक सञ्जालमा प्रयोग भएका गलत र मिथ्या सूचना तथा द्वेषपूर्ण अभिव्यक्तिका क्रियाकलापको समीक्षा गरिएको हो ।बैठकमा आयोगका सचिव एवं समितिका संयोजक गोकर्णमणि दुवाडीले निर्वाचनका सूचनालाई विद्युतीय माध्यमबाट प्रचारप्