नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाका सभामुख नबनेर प्रचण्ड, माधव नेपाल, शेरबहादुरको मतियार बनेको आरोप लगाएका छन् ।
बुटवलमा राष्ट्रिय युवा संघले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले सभामुख निष्पक्ष बन्न नसक्दा समस्या आएको बताए ।
बस्नेतले सबैको पक्षमा रहनुपर्ने सभामुख प्रचण्ड, माधव नेपाल र शेरबहादुरको मतियार बनेको आरोप लगाए ।
‘पार्टीको ह्वीप उल्लंघन गरेको कारण पार्टीले कारवाही गरेका नेताहरूलाई पदमुक्त नगरेर सभामुख आफ्नो पार्टी फोड्ने मतियार बने,’ बस्नेत...