न्याय परिषद्को बैठक आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज(बुधबार) न्याय परिषद्को बैठक बोलाउनु भएको छ । विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनाका लागि सो परिषद्को बैठक बोलाईएको हो । न्याय परिषद्को बैठक आज (बुधबार) अपराह्न ४ बजे बस्ने भएको छ ।