साउथ फिल्मका सुपरस्टार यशका फ्यानका लागि खुशीको खबर सार्वजनिक भएको छ ।
करिब दुई वर्षदेखि निकै पर्खाइमा रहेको केजीएफ च्याप्टर दुईको सुटिङ अन्तिम चरणमा पुगेको छ ।
निर्माण पक्षले अबको दुई साताभित्रै फिल्मको पूरै सुटिङ सकिने जानकारी दिएको छ । अब एक दृश्यको मात्रै सुटिङ गर्न बाँकी रहेको छ ।
जनवरीको दोस्रो सातामै फिल्मको अन्तिम सेड्युल पूरा हुने बताइएको छ ।
कोरोना महामारीका कारण रोकिएको फिल्मको सुटिङ गत अक्टुबरदेखि पुनः शुरु भएको थियो ।
यशको नजिकका शुत्रका अनुसार लामो समयदेखि उनले क्लाइम्याक्स सुट...