भोलि बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक, एमसीसी परेन

काठमाडौँ– प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा चर्चामा रहेको एमसीसीसम्बन्धी प्रस्ताव भने परेको छैन । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको हो । यो बैठकमा सरकारबाट एमसीसीसम्बन्धी प्रस्ताव टेबुल हुने भनिँदै आए पनि कार्यसूचीमा राखिएको छैन । संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको […]

सम्बन्धित सामग्री

यस्तो छ प्रतिनिधि सभाको दोस्रो बैठकको कार्यसूची

प्रतिनिधि सभाको दोस्रो बैठक आइतबार साँझ बस्दै छ । अबको बैठकमा एमसीसी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । यस्तो छ कार्यसूची : -अर्थ मन्त्री श्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) को प्रावधान माथि सदनमा छलफल गरियोस्” भनी प्रस्ता

संसदमा एमसीसीबारे छलफल गरिने कार्यसूची सार्वजनिक

कार्यसूची अनुसार बिहीबारको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ।...

एमसीसी टेबल गर्ने यस्तो छ संसद्को कार्यसूची

आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने भएको छ । यस्तो छ कार्यसूची ः:

एमसीसीको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

एमसीसीको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बसिरहेको हो । बैठकले एमसीसी टेबल गर्न कार्यसूची तय गर्ने बताइएको छ।  आजै दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ  भने सत्ता गठबन्धनमा एमसीसी टेबल गर्नेबारे सहमति भइसकेको छ।

शुक्रबारको संसद बैठकको सम्भावित कार्यसूची तय, एमसीसी परेन

शुक्रबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची तय गरिएको सम्भावित कार्यसूचीमा एमसीसी नराखी प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने भनेर राखिएको छ । बिहीबारको गठबन्धनको बैठकमा भने देउवाले शुक्रबारको बैठकमा आफूले एमसीसी टेबल गर्ने बताएका थिए । अब कार्यव्यवस्था परामर्श समितिको बैठकबाट एमसीसीको कार्यसूची राख्ने एउटा बाटो खुला रहेको छ । देउवाले एमसीसी टेबल गरेमा गठबन्धन फुट्ने देखिएको छ भने यही बीचमा बिहीबार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेटवा...

शुक्रबारको संसद बैठकको सम्भावित कार्यसूची तय, एमसीसी परेन

शुक्रबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची तय गरिएको सम्भावित कार्यसूचीमा एमसीसी नराखी प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने भनेर राखिएको छ । बिहीबारको गठबन्धनको बैठकमा भने देउवाले शुक्रबारको बैठकमा आफूले एमसीसी टेबल गर्ने बताएका थिए । अब कार्यव्यवस्था परामर्श समितिको बैठकबाट एमसीसीको कार्यसूची राख्ने एउटा बाटो खुला रहेको छ । देउवाले एमसीसी टेबल गरेमा गठबन्धन फुट्ने देखिएको छ भने यही बीचमा बिहीबार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेटवा...

प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक, परेन एमसीसी

शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले बिहीबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै कार्यसूची छ । सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा भने एमसीसी परेको छैन । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सभ

संसद बैठकको कार्यसूची तयार: परेन एमसीसी

काठमाडौँ । सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय बताएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय बताएका हुन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल हुने छैन । आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए । बैठकमा कानुनमन्त्री […]

सहमति नजुटेपछि कार्यसूचीमै परेन एमसीसी, बैठकको एजेन्डामा शोक प्रस्ताव

प्रतिनिधि सभाको बुधवारको बैठकमा अमेरिकी सहयोगको एमसीसी सम्झौता पेश हुने चर्चाबीच दैनिक कार्यसूची प्रकाशित भएको छ । कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव समावेश गरिएको छैन । सत्ता गठबन्धनमा सहमति जुट्न नसक्दा एमसीसीको प्रस्ताव धकेलिएको छ । बुधवारको कार्यसूचीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्नेछन् । सभामुख अग्निप्रसाद सापकोटाले केही शोक प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ । हेर्नुहोस् कार्यसूची –

विरोधका बीच एमसीसी पारित गराउने तयारी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउन जोडबल सुरु भएको छ । काँग्रेसकै जोबडलमा बुधबार बस्ने प्रतिनिधिसभा बैठक एमसीसी टेबल गर्ने तयारी भएको छ भने त्यसका लागि कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यसूची तय भएपछि काँग्रेस नेतृत्वको सरकारले एमसीसी टेबल गराउनेछ । यद्यपि एमसीसीबारे सत्तारुढ दलनै एकमत छैनन् भने साना राजनीतिक दलदेखि जनस्तरसम्म यसको तीव्र विरोध भइरहेको छ । एमसीसीको विरोध गर्दै ५ दलले बुधबार नेपाल बन्दको घोषणा नै गरेका छन् भने आन्दोलनलाई थप सशक्त...