विरोधका बीच एमसीसी पारित गराउने तयारी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउन जोडबल सुरु भएको छ । काँग्रेसकै जोबडलमा बुधबार बस्ने प्रतिनिधिसभा बैठक एमसीसी टेबल गर्ने तयारी भएको छ भने त्यसका लागि कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यसूची तय भएपछि काँग्रेस नेतृत्वको सरकारले एमसीसी टेबल गराउनेछ । यद्यपि एमसीसीबारे सत्तारुढ दलनै एकमत छैनन् भने साना राजनीतिक दलदेखि जनस्तरसम्म यसको तीव्र विरोध भइरहेको छ । एमसीसीको विरोध गर्दै ५ दलले बुधबार नेपाल बन्दको घोषणा नै गरेका छन् भने आन्दोलनलाई थप सशक्त...

सम्बन्धित सामग्री

एमसीसी पारित गर्नुको प्रभाव देखिँदैछ– लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरेपछिको प्रभाव देखिन थालेको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले एमसीसी पारित गरेपछिका प्रभाव देखिन थालेको बताएका हुन् ।सरकारले तत्कालिन समयमा बहुमतको आडमा जबरजस्ती एमसीसी अनुमोदन गरेको स्मरण गर्दै लिङ्देनले त्यसपछिको प्रभाव देखिन सुरू गरेको बताए । ‘एमसीसीले नेपालमा केही किलोमिटर सडकलाई कालोपत्रे गर्ने र प्रसारणलाइन निर्माणको योजना मात्र ल्याउँदै छैन भन्ने जनमा

एमसीसी पारित भएकोमा महासंघद्धारा स्वागत

काठमाडौं । संसदबाट एमसीसी पारित भएकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकबाट नेपाल सरकार अर्थमन्त्रालय र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता अनुमोदन भएकोमा महासंघले स्वागत गरेको हो । सम्झौता अनुमोदन पश्चात अब यो परियोजना पूर्णरुपमा कार्यान्वयनको चरणमा जाने र नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण […]

एमसीसी पारित गरेर देश र संविधान बचायौं : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पारित गरेर देश र संविधान बचाएको बताउनुभएको छ । आज पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताउनुभएको हो । एमसीसी पारित गर्न सघाउने निर्णय गरेपछि पार्टीभित्र समेत समस्यामा …

व्याख्यात्मक घाेषणासहित एमसीसी पारित गर्ने एकीकृत समाजवादीकाे निर्णय

काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको छ ।  आज आइतवार बसेको पार्टीको सचिवालय बैठकले व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता एमसीसी पारित गर्ने निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिनुभयो ।  यसअघि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेका थिए ।  पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार व्याख्यात्मक प्रस्तावमा राष्ट्रियताका पक्षमा वि...

एमसीसी पारित गर्ने गठबन्धन कसरत

काठमाडौं । सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसीसी पारित गर्न तत्पर भएका छन्। सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न तत्पर भएको स्रोतको दाबी छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा, […]

एमसीसी पारित गर्न सहयोग गर्नुस्- देउवा, हाम्रो माग पूरा गर्नुस्- ओली

भेटमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न असहयोग गरेको भन्दै एमसीसी पारित गर्न एमालेको सहयोग मागेको एमाले नेता रिजालले बताउनुभयो ।

‘छापामार शैली’ मा एमसीसी पारित गर्ने तयारी

काठमाडौं, ३ फागुन । अन्ततः एमसीसी संसदबाट पारित हुने भएको छ । सत्ता गठबन्धनबीच एमसीसी पारित गर्ने भद्र सहमतिबीच पछिल्लो राजनीतिक घटना विकास भएको हो । विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधवकुमार नेपाल पनि एमसीसी पारित गर्ने वातावरण विकास गर्नेमा सहमत छन् । प्रतिनिधि सभामा उपस्थित संख्याको बहुमतबाट पारित गराउने तयारी भएको हो । प्रचण्ड […]

प्रचण्ड र देउवाले एमसीसी पारित गर्न अमेरिकालाई पत्र पठाएको खुलासा

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई २९ सेम्टेम्बरमा पत्र पठाएको खुलासा भएको छ । पत्रमा देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिवद्धता समेत गरेको उल्लेख छ । एमसीसी मुख्यालयले नै २९ सेप्टेम्बरमा चार या पाँच महिनाभित्र एमसीसी पारित गर्न समय दिन भन्दै देउवा र […]

‘एमसीसी पारित नगर्ने’ माओवादीको लाइन स्पष्ट

काठमाडौं, २० पौष । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित नगर्ने स्पष्ट लाइन लिएको छ । आठौं महाधिवेशनबाट पारित ४५ बुँदे प्रस्तावमा एमसीसी पारित नगर्ने स्पष्ट लाइन सार्वजनिक गरेको हो । माओवादीले एमसीसी सम्झौताका कतिपय प्रावधानहरु नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएको तर्क गरेको छ । बुँदा नम्बर ५ मा […]

एमसीसी पारित होला ?

काठमाडौं, १४ कात्तिक । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुने या नहुनेमा अझै अन्यौल छ । ५० करोड डलरको विकाससम्बन्धी सहयोग प्रतिनिधि सभाबाट पारित हुनुपर्नेमा हुन सकेको छैन । एमसीसीबारे चर्को बहस चलेपनि गएको अधिवेशनमा यो निर्णयार्थ संसदमा प्रस्तुत भएन । त्यसलगत्तै एमसीसीको कार्यालयले चासो देखाएको छ । १२ कात्तिकमा वासिङ्टन डीसीस्थित मुख्यालयले […]