प्रतिनिधि सभाको बुधवारको बैठकमा अमेरिकी सहयोगको एमसीसी सम्झौता पेश हुने चर्चाबीच दैनिक कार्यसूची प्रकाशित भएको छ ।
कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव समावेश गरिएको छैन । सत्ता गठबन्धनमा सहमति जुट्न नसक्दा एमसीसीको प्रस्ताव धकेलिएको छ ।
बुधवारको कार्यसूचीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।
सभामुख अग्निप्रसाद सापकोटाले केही शोक प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
हेर्नुहोस् कार्यसूची –