शुक्रबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची तय गरिएको सम्भावित कार्यसूचीमा एमसीसी नराखी प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने भनेर राखिएको छ ।
बिहीबारको गठबन्धनको बैठकमा भने देउवाले शुक्रबारको बैठकमा आफूले एमसीसी टेबल गर्ने बताएका थिए । अब कार्यव्यवस्था परामर्श समितिको बैठकबाट एमसीसीको कार्यसूची राख्ने एउटा बाटो खुला रहेको छ ।
देउवाले एमसीसी टेबल गरेमा गठबन्धन फुट्ने देखिएको छ भने यही बीचमा बिहीबार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेटवा...