जनकपुरधाम : मंगलबार मधेश प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले वर्षभर ११ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।राजपत्रमा प्रकाशित बिदाहरूमा नयाँ वर्ष २०७९ को अवसरमा वैशाख २ गते जुडशीतलको सिरुवा पानी र वैशाख २७ गते जानकी नवमी रहेका छन्।त्यस्तै इस्लाम धर्मावलम्बीको इद उल अजहा, इद उलफित्र र पैगम्बर मोहम्मदको जन्मदिनमा बिदा दिइने उल्लेख छ।छठको भोलिपल्ट पारनको दिन कार्तिक १४ गते, विवाहपञ्चमीको अवसरमा मंसिर १२ गते, बलिदानी दिवसको अवसरमा माघ ५ गते, जनयुद्ध दिवसमा फागुन १ गते, होलीमा फागुन २४ गते र रा