इरान यतिखेर शोकमा छ। अमेरिकाले बग्दादमा आफ्ना सैन्य जनरलमाथि रकेट आक्रमण गरेर 'हत्या' गरेपछि इरान शोकलाई शक्तिमा परिणत गर्ने रणनीति बनाउँदैछ।
शुक्रवार भएको आक्रमणमा जनरल कस्सिम सोलेमानीसँगै ६ जनाको मृत्यु भएको थियो। अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प'लाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो। उक्त कर्पका प्रमुख