'तपाईहरूको आर्थिक अवस्था कमजोर छ । मानव शरीरमा दुइटा मिर्गौला हुन्छन् । एउटा मिर्गौला झिक्दा खासै फरक गर्दैन बरु आठ लाख बराबरको मोटो रकम पनि हात पर्छ ।’ उक्त कुरा सुनेपछि उनीहरू आफ्नो एउटा मृगौला बेच्न तयार भए । त्यसका लागि भारत जानुपर्ने भनियो । र, दुईजना आफ्नो एउटा मिर्गौला दिन तयार भए । त्यसबापत आठ लाख रुपैयाँ पाउनुपर्ने सर्त अघि सारे । दुवै पक्ष तयार भएपछि उनीहरूलाई काठमाडौंको माछापोखरीस्थित होटल न्यू दक्षिणकालीमा राखियो । होटलमा राखेर मृगौला बिक्री गर्न लागिएको भन्ने लागेपछि