राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको रुकुम खण्ड सञ्चालनमा आएसँंगै यहाँको पर्यटन प्रवद्र्धनसँंगै स्थानीयको आर्थिक उपार्जनमा सहयोगी बनेको छ । लोकमार्ग विस्तार भएसंँगै सडक छेउछाउका विभिन्न ठाउँमा होटेल तथा रेस्टुराँ सञ्चालनले स्थानीयलाई आयआर्जन गर्न सहज भएको हो ।मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएसँंगै रुकुम पश्चिम तथा रुकुम पूर्वका स्थानीयलाई आयआर्जनको माध्यम बन्न पुगेको छ । […]