भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बिहीबार बालीमा जी२० सम्मेलन अघि भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्धमा सीमाको अवस्था सम्बन्धी विशेष उल्लेखनीय मुद्दाहरूमा केन्द्रित रहेर छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले बताएका छन् ।