चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आएका छन् । भ्रमणका क्रममा उनले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको समाचारमा जनाइएको छ ।उनले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डलसहित हैदरावाद हाउसमा भेटवार्ता गरेका छन्। यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उनकै कार्यालय साउद ब्लकमा भेटवार्ता गरेको अधिकारीहरूले जनाएका छन् ।दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गरेका थिए । भारत र चीन