हकप्रद निष्कासनका लागि एचआईडिसिएलले पायो बोर्डको अनुमति

जेठ ९, काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) लाई  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिएको छ । कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न बोर्डले आज (आइतवार) अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद निस्कासनको लागि चैत १२ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो ।  

सम्बन्धित सामग्री

हकप्रद शेयर निष्कासनका लागि हिमाल दोलखाले पायो बोर्डको अनुमति

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ७५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा रू. १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गर्न वैशाख १२ गते अनुमति प्रदान गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीको हकप्रद शेयर विक्रीपछि चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले यो हकप्रद विक्रीका लागि अनुमति माग्दै गत पुस २६ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । निवेदन दिएको छोटो अवधिभित्रै कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति पाएको हो ।

राधी विद्युत कम्पनीले पायो हकप्रद निष्काशनको अनुमति

राधी विद्युत कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।   कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन अनुमति माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।  कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।   कम्पनीले  आर्थिक वर्ष ७७/७८ को साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले साउन ३० गते सोमबार सभा गर्न लागेको हो । कम्पनीले साधारणसभाको लागि साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन । कम्पनीको सभामा संचालक समितिको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।

बरुण हाइड्रोले पायो हकप्रद निष्काशनको अनुमति

बरुण हाइड्रोले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बरुण हाइड्रोले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । हकप्रद शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीले यस अघि पनि हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो ।कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाएको हो।

ङादी ग्रुप पावरले पायो हकप्रद निष्काशन अनुमति

ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र  बोर्डले असार ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति इद्येको हो ।कम्पनीले कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले जेठ ९ मा बोर्डमा हकप्रद स्वीकृतिको लागि आवेदन दिएको थियो ।  नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसंगै कम्पनीलाई हकप्रद निष्काशनको लागि बाटो खुलेको छ।

हकप्रद बिक्री गर्न अपि पावर कम्पनीले पायो अनुमति

काठमाडौं, २७ फागुन । अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि, कम्पनीले […]

अपि पावरले पायो हकप्रद निष्काशनको अनुमति

अपि पावरले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज बिहिबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले हकप्रद बिक्रि गर्न अनुमति पाएको हो । कम्पनीले अपर चमेलिया आयोजनाको लागि १ बराबार ०.३९३६३३ अनुपातले हुन आउने १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हाल कम्पनीले ४० मेगावाटको अपर चमेली परियोजना निर्माण गरिरहेको छ भने केहि मेगावाटको सोलार परियोजना समेत निर्माण गरिरहेको छ। अपिले पहिल्यै ४ मेगावाटको चन्द्रपुर सोलार परियोजना संचालनमा ल्याईसकेको छ।अपिले थप ६२.५ मेगावाट बराबरको परियोजना आगामी बर्ष निर्माण सम्पन्नको तयारीमा छ। यसबाट कम्पनीले थप आम्दानी जुटाउन सक्ने छ।

समृद्धि फाइनान्सले २७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न पायो अनुमति

समृद्धि फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डबाट फाइनान्सले २:१ को अनुपातमा हकप्रद निष्कासन अनुमति पाएको छ ।

समृद्धि फाइनान्सले पायो हकप्रद निष्कासन अनुमति

समृद्धि फाइनान्स Samriddhi Finance Company ले हकप्रद निष्काशनको अनुमति पाएको छ । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै साउन १५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो ।यस संगै अब कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।  वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशनको अनुमति

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ। बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा दिएको आवेदन मंसिर ३ गते शुक्रबार स्वीकृत भएको हो। बैंकले असार ४ गते बोर्डमा आवेदन दिएको थियो।बैंकले १ः१ को अनुपातमा अर्थात् शत प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो। बोर्डबाट अनुमति पाएसँगै बैंकले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। गत माघ १६ गते सम्पन्न बैंकको वार्षिक साधारणसभा मार्फत बैंकले १ बराबर २ कित्ता सेयरका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको भएपनि राष्ट्र बैंकले १ बराबर १ कित्ताको दरले मात्रै हकप्रद निष्काशनको अनुमति दिएको थियो ।

१ : १ अनुपातमा राइट शेयर निष्कासन गर्न एचआईडीसीएलले पायो अनुमति

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले राइट शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १:१ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो । हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । अब एचआईडीसीएलका लगानीकर्ताले आफूसँग भएकै जति कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले खरिद गर्न पाउने छन् ।