नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ। बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा दिएको आवेदन मंसिर ३ गते शुक्रबार स्वीकृत भएको हो। बैंकले असार ४ गते बोर्डमा आवेदन दिएको थियो।बैंकले १ः१ को अनुपातमा अर्थात् शत प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो। बोर्डबाट अनुमति पाएसँगै बैंकले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। गत माघ १६ गते सम्पन्न बैंकको वार्षिक साधारणसभा मार्फत बैंकले १ बराबर २ कित्ता सेयरका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको भएपनि राष्ट्र बैंकले १ बराबर १ कित्ताको दरले मात्रै हकप्रद निष्काशनको अनुमति दिएको थियो ।