पुसको पहिलो साता नपुग्दै सुरु भएको शितलहरका कारण तराईको जनजीवन अस्तव्यस्त हुन पुगेको छ । चिसोका कारण अति विपन्न समुदायलाई ज्यान बचाउनै सकस भैरहेका बेला सर्लाहीमा दुईजनाको मृत्यु भएको छ । समाचार अनुसार जिल्लाको हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र वडा नं. ६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु …