स्पेनलाई नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आग्रह गरिएको छ । स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्पेनको सहयोग नियोग स्पेनिस कन्फेडेरेसन अफ बिजनेस अर्गनाइजेसन (सीईओई) की अध्यक्ष मार्टा ब्लान्कोसँगको भेटवार्तामा नेपालमा हरित हाइड्रोजन उत्पादन क्षेत्रमा लगानी गर्नको लागि स्पेनलाई आग्रह गरेकी हुन् ।