ढुक्क भएर ऊर्जामा लगानी गर्न उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनको आग्रह
नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घसँग आग्रह गरेका छन् ।