राष्ट्र बैंकसँग इप्पानको आग्रह: ‘बैंक, वित्तीय संस्थाको कुल लगानीको २० प्रतिशत ऊर्जाक्षेत्रमा’

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बैंक, वित्तीय संस्था गर्ने कुल लगानीको २० प्रतिशत रकम ऊर्जाक्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्थाका लागि आग्रह गरेको छ । बैंक, वित्तीय संस्थाहरूले ऊर्जाक्षेत्रमा लगानी गर्न नसकेको गुनासो गर्दै इप्पानले मंगलवार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर यस्तो आग्रह गरेको हो । गभर्नरसँगको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले बैंक, वित्तीय संस्थाले विद्युत् आयोजनामा लगानी गर्न नसकेको भन्दै उनीहरूले कुल लगानीको २० प्रतिशत ऊर्जाक्षेत्रमा अनिवार्य प्रवाह गर्नुपर्ने व्यवस्था मिलाउन आग्रह गरे । जवाफमा गभर्नर अधिकारीले बैंक, वित्तीय संस्थासँग लगानी गर्ने रकमको समस्या नरहेको र १० वर्षमा २० हजार मेगावाट उत्पादन गर्दा पनि लगानीको समस्या नहुने बताए । इप्पानले तत्कालै करीब ३ हजार ७ सय मेगावाट (१५ सय मेगावाट आरओआर र २२ सय मेगावाट पीआरओआर) क्षमताका आयोजना विकास गर्दा आउँदो ५ वर्षमा झन्डै ५ सय ५५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने देखिएको बताएको छ । नेपाल–भारतबीच भएको विद्युत् खरीदविक्री सम्झौताको बिजुलीसमेत जोड्ने हो भने १० वर्षमा झन्डै २ हजार ५५ अर्ब र ऊर्जा दशकको घोषणाअनुसार २५ हजार मेगावाट थप उत्पादन गर्ने भए ३ हजार ७ सय ५० अर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने इप्पानको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले २ सय मेगावाटभन्दा ठूला आयोजनालाई बैंक, वित्तीय संस्थाले आधारदरमा १ प्रतिशत मात्र थप गरी कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएकाले उक्त व्यवस्था सबै जलविद्युत् आयोजनामा लागू गरिदिन पनि इप्पानले आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थालाई जारी गरेको निर्देशनअनुसार निर्माणाधीन अवस्थाको ब्याज आम्दानीलाई लाभांश बाँड्न नमिल्ने र मोराटोरियम पिरियड थप गर्दाको अवस्थामा कर्जा पुन: संरचना/पुनर्तालिकीकरण भएको मानी १२ दशमलव ५ प्रतिशतको कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएकाले बैंक, वित्तीय संस्था यस क्षेत्रमा थप लगानी गर्न निरुत्साहित भएको इप्पानको भनाइ छ । तसर्थ निर्माणाधीन अवस्थाको ब्याज आम्दानीबाट समेत लाभांश बाँड्न पाउने यसअघिकै व्यवस्थालाई निरन्तरता दिन इप्पानले माग गरेको छ । अध्ययन भएका आयोजना निर्माणमा लगानीको समस्या नहुने प्रतिबद्धता पनि गभर्नर अधिकारीले व्यक्त गरेका छन् । उनले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपैयाँको विद्युत् निर्यात भई व्यापारघाटाको अवस्था अन्त्य हुने बताउँदै उक्त परिमाणको विद्युत् निर्यात गर्न विकास गर्नुपर्ने आयोजनाका लागि लगानीको समस्या नहुने बताए ।  नेपाली बैंक, वित्तीय संस्थाले ऊर्जामा लगानी गरेको रकमको ब्याज अत्यधिक महँगो भएकाले यसको सम्बोधन गरिदिन पनि इप्पानले माग गरेको छ । १० वर्षमा २५ हजार मेगावाट उत्पादन र १५ हजार मेगावाट निर्यात गर्ने राष्ट्रिय उद्देश्य पूरा गर्न बैंक, वित्तीय संस्थाले पूँजीका रूपमा समेत लगानी गर्न सक्ने बताइएको छ । अन्तरराष्ट्रिय लगानीकर्ताको लागि आवश्यक हेजिङ, लगानी तथा लाभांश र लगानी फिर्तासम्बन्धी नीति छिटो र पारदर्शी बनाउन इप्पानले आग्रह गरेको छ । त्यस्तै इप्पानले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकामा जलविद्युत् आयोजनाको जोखिम भार शतप्रतिशत कायम गरिएकोमा यसलाई घटाएर सञ्चालनमा रहेका आयोजनाको हकमा ५० प्रतिशत र निर्माणाधीन आयोजनाको हकमा ७५ प्रतिशत कायम गरिदिन आग्रह गरेको छ । इप्पानले बाढी प्रभावित आयोजनालाई सम्बोधन गरिदिन पनि आग्रह गरेको छ । गभर्नर अधिकारीले त्यस्ता आयोजनालाई राहत दिने विषय राष्ट्र बैंकले अघि बढाइसकेको जानकारी गराएको इप्पानले बताएको छ । 

सम्बन्धित सामग्री

बैंकविना नै कर्जा लिन र दिन सकिने ‘पीटूपी प्लेटफर्म’ को तयारीमा राष्ट्र बैंक

१५ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सहभागिताविना कर्जा लिनदिन सकिने वैकल्पिक वित्तीय स्रोतको अनलाइन प्लेटफर्म तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ । गत आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा स्टार्टअप व्यवसायमा कर्जा पहुँच बढाउन वैकल्पिक वित्तका स्वरूप अध्ययन गर्ने जनाएको थियो । ‘स्टार्टअप व्यवसायमा कर्जा पहुँच बढाउन वैकल्पिक वित्तका स्वरूप जस्तै ‘पियर टु […]

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत आइतबार मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो। विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले यो कार्यक्रम...

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम

काठमाडौँ,२५ मँसिर । विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत आज मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमले बालबालिका एवं युवामा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको […]

प्रदेश १ मा वित्तीय पहुँच विस्तार आवश्यक छ : राष्ट्र बैंक

नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन र संसारकै सबैभन्दा सर्वोच्च स्थान सगरमाथा समेटिएको प्रदेश नं १ को आर्थिक विकासलाई अघि बढाउन वित्तीय पहुँचमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ ।  प्रदेशमा वित्तीय पहुँच विस्तार तथा वित्तीय सचेतनाको माध्यमबाट वित्तीय समावेशीता बढाइ उपलब्ध वित्तीय उपकरणको उपयोग बढाउनु आवश्यक रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको समग्र आर्थिक अवस्था समेटिएको प्रतिवेदनमा प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीम

प्रदेश १ मा वित्तीय पहुँच विस्तार आवश्यक : राष्ट्र बैंक

काठमाडाैँ – नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन र संसारकै सबैभन्दा सर्वोच्च स्थान सगरमाथा समेटिएको प्रदेश नं १ को आर्थिक विकासलाई अघि बढाउन वित्तीय पहुँचमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रदेशमा वित्तीय पहुँच विस्तार तथा वित्तीय सचेतनाको माध्यमबाट वित्तीय समावेशीता बढाइ उपलब्ध वित्तीय उपकरणको उपयोग बढाउनु आवश्यक रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ […]

बैंकहरुको निक्षेप तान्ने आकर्षक अफरप्रति राष्ट्र बैंक बेखबर !

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तान्ने गुणात्मक प्रतिफलतको अफरप्रति नियामक राष्ट्र बैंक बेखबर देखिएको छ । प्रतिस्पर्धामा बैंकहरुले एकपछि अर्को गर्दै लामो अवधिको मुद्दती निक्षेपमा १० गुणासम्मको प्रतिफलत सार्वजनिक गरिरहँदा नियामक निकाय राष्ट्र बैंक मौन देखिएको हो । बैंकहरुको न्यूनतम ६ वर्षेदेखि २५ वर्षेसम्मको गुणात्मक प्रतिफल योजना सार्वजनिक गरिरहेका छन् । तर, राष्ट्र बैंक भने यस्तो योजना बारे आफूलाई कुनै जानकारी नभएको औपचारिक प्रतिक्रिया दिइरहेको छ । बरु मुद्दती बचत योजना अन्तर्गत बैंकह

वित्तीय विवरण र सेयर मूल्यले लघुवित्तमा समस्या छ भन्ने देखाउँदैन : राष्ट्र बैंक

२८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तकर्मीले समस्या भयो भनेपनि उनीहरुको वित्तीय विवरण र सेयर मूल्यले भने त्यो नदेखाएको बताएको छ । राष्ट्र बैंकले शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चितिमा सुधार नहुँदासम्म तरलता समस्या समाधान नहुने बताएको छ । राष्ट्र बैंकले लघुवित्तलाई तीन दशकदेखि प्रवर्द्धन गर्दै आए पनि त्यसको लाभ अर्थतन्त्रमा नदेखिएको राष्ट्र बैंक […]

नेपाल राष्ट्र बैंक विराटनगरको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले ग्लोबल मनी विकको अवसरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।बैंकले १० चैतमा उदयपुरको बेलका नगरपालिका ४ स्थित जनता नमुना मावि गुरुङचौरीमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा बैंकका सहायक निर्देशक निर्जल घिमिरेले ग्रामिण क्षेत्रमा रहेका मानिसको बैंक तथा वित्तीय संस्थासम्म पहुँच बढाउने र बैंकिङ कारोवारका लागि […]

राष्ट्र बैंक र आईएफसीबीच समझदारी

काठमाडौं, १९ माघ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच सम्झौता भएको छ । दुई कम्पनीबीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यतामापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो । बैंकले वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी […]

राष्ट्र बैंक र आईएफसीबीच साइकोमेट्रिक स्कोरिङसम्बन्धी समझदारी

काठमाडौँ– नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढंगले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले प्रणालीलाई थप प्रविधिमैत्री […]