आइरिनाको १२औँ सम्मेलन : नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गरेकी छन् । साथै उनले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गरेकी हुन् ।युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था(आइरिना)को १२औँ सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग आवश्यक भएको बताइन् । उनले जलवायु परिवर्तनका असर घटाउन तथा अनुकूलता र समावेशीर

सम्बन्धित सामग्री

अडानी समूहले कुल लगानीको ७० प्रतिशत हरित ऊर्जामा लगानी गर्ने

भारतको अडानी समूहले आफ्नो कुल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने अपेक्षा गरिएको स्रोतहरूले

ऊर्जामा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्रीको आग्रह

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति...

साइप्रस, इजरायल र ग्रिसद्वारा ऊर्जामा लगानी बढाउने सहमति

साइप्रस, इजरायल र ग्रिसले ऊर्जामा लगानी बढाउने सहमति गरेका छन् । पूर्वी भूमध्यसागरबाट युरोपसम्म ऊर्जा कोरिडोरको सहयोगलाई तीव्र पार्न सहमत भएका हुन् ।

ऊर्जामा लगानी गर्ने कोष ल्याउँदै ग्लोबल इक्विटी फण्ड

ग्लोबल इक्विटी फण्डले ऊर्जा क्षेत्रमा लगानी गर्ने कोष सञ्चालनमा ल्याउने भएको छ । ग्लोबल इक्विटी फण्ड र ऊर्जा डेभलपर्सबीच ‘ऊर्जा इम्प्याक्ट फण्ड’ नामक कोष ल्याउने समझदारी भएको हो । ऊर्जा डेभलपर्स र ग्लोबल इक्विटी यस कोषको संयुक्त कोष प्रवद्र्धक रहेका छन् । स्वदेशी र अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, विकास वित्त संस्थामार्फत कोषको रकम जुटाउने उद्देश्य राखिएको […]

ऊर्जामा लगानी गर्ने कोष ल्याउँदै ग्लोबल इक्विटी फण्ड

ग्लोबल इक्विटी फण्डले ऊर्जा क्षेत्रमा लगानी गर्ने कोष सञ्चालनमा ल्याउने भएको छ । ग्लोबल इक्विटी फण्ड र ऊर्जा डेभलपर्सबीच ‘ऊर्जा इम्प्याक्ट फण्ड’ नामक कोष ल्याउने समझदारी भएको हो । ऊर्जा डेभलपर्स र ग्लोबल इक्विटी यस कोषको संयुक्त कोष प्रवद्र्धक रहेका छन् । स्वदेशी र अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, विकास वित्त संस्थामार्फत कोषको रकम जुटाउने उद्देश्य राखिएको […]

लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ

६ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका लागि लगानीकर्ता समक्ष आह्वान गरेका छन् । बुधबार ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले यस्तो आह्वान गरेका हुन् । ‘नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दछु, लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ’ उनले भने । सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको भन्दै उनले नेपालमा […]

ऊर्जामा लगानी बढाएर आत्मनिर्भर हुनुपर्छ : ऊर्जामन्त्री लिङ्देन

काठमाडाैँ- उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर हुनुपर्ने बताएका छन्। इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिरमा साेमबार आयोजित कार्यक्रमा उनले ऊर्जा क्षेत्रमा लगानी विस्तारमा आफू लागिपरेको बताए। पछिल्लो समय राजनीतिक दलप्रति धेरैको असन्तुष्टि देखिएको उल्लेख गर्दै ऊर्जामन्त्री लिङ्देनले सबै मिलेर काम गर भन्ने जनादेश प्राप्त भएकाले देशलाई शिरमा राखेर […]

ऊर्जामा लगानी

नेपाल विद्युत् प्राधिकरण र जलविद्युत् आयोजना निर्माण कम्पनीबीच ऊर्जा खरीद सम्झौता (पीपीए) भइसकेपछि पनि लगानी नजुट्दा ८७ ओटा आयोजनाको निर्माण अघि बढ्न सकेको छैन । यी आयोजनाबाट १ हजार ८ सय ७५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । २४ ओटा आयोजनाको निर्माण सम्पन्न गरिसक्ने मिति गुज्रिसकेको छ । यसरी लगानी जुटाउन नसक्दा नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकहरू डराइरहेको हो कि भन्ने देखाउँछ । नेपालको सम्भावनाको एउटा प्रमुख क्षेत्र जलविद्युत् हो । विश्वभरि नै हरित ऊर्जालाई महत्त्व दिइरहेको सन्दर्भमा नेपालले धेरैभन्दा धेरै बिजुली उत्पादन गर्न सक्नुपर्छ जसबाट यसको निर्यात पनि सम्भव हुन्छ । सस्तो बिजुलीका कारण देशभित्रै उद्योगधन्दा खुल्ने सम्भावना पनि हुन्छ । तर, बैंकहरूले लगानी नगर्दा आयोजना प्रवर्द्धकहरूले काम अघि बढाउन सकेका छैनन् । हुन त बैंकहरूमा तरलताको कमीले गर्दा पनि यसो भएको होला तर तरलता सहज भएकै अवस्थामा पनि बैंकहरूले जलविद्युत् आयोजनामा खुशीसँग लगानी गरिरहेको कमै देखिन्छ । पीपीए नभएका कारण कतिपय आयोजनाले लगानी जुटाउन नसकेको अवस्था छ । पीपीए नहुँदा विद्युत् विक्रीको सम्भावना नदेखेर बैंकहरू लगानी गर्न हिचकिचाएका हुन सक्छन् । तर, केही दिनअघि १५०० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए खुलाइएको छ । यस्ता आयोजनाका लागि लगानी जुट्छ कि जुट्दैन भन्न सकिँदैन किनकि यसअघि पीपीए भएको ८७ आयोजनाले आर्थिक स्रोत जुटाउन नसक्दा निर्माण अवरुद्ध भएको खबर आएको छ । जो निराशायोग्य हो । नेपाल राष्ट्र बैंकले विगतमा बैंकहरूलाई कुल लगानीको १० प्रतिशत जलविद्युत्मा लगानी गर्न अनिवार्य गरेको थियो । जलविद्युत् क्षेत्र निकै ठूलो जोखिम भएको क्षेत्र मानिन्न । त्यसो हुँदा बैंकहरू लगानीका लागि तयार हुनुपर्ने हो । तयार हुँदैनन् भने पनि नियामक निकायले बैंकहरूलाई यस्तो क्षेत्रमा लगानी बढाउन अनिवार्य गर्नु उपयुक्त हुन्छ । नेपालमा धितोमुखी कर्जा लगानी भएकाले बैंकहरू यसमा लगानी गर्न आकर्षित नभएका हुन सक्छन् । अत: प्रोजेक्ट नै धितो राखेर लगानी गर्ने वातावरण बनाइनुपर्छ । पीपीए भइसकेका आयोजनामा लगानी जुट्न नसक्ने अवस्थाको जतिसक्दो चाँडो अन्त्य गर्नुपर्छ ।

निफ्राले खोज्‍यो ५ अर्ब ऋण, ७ वर्षमा तिर्ने ७ प्रतिशत ब्याज दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ऊर्जामा लगानी गर्न ५ अर्बको ऋणपत्र जारी गरेको छ ।

नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गरेकी छन्। साथै उनले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गरेकी छन् । युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था(आइरिना)को १२औँ सम्मेलनलाई हिजो (आइतबार) सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन […]