एमबीए होल्डरको 'पानीपुरी बार'

चैत १९ काठमाडौं । प्रविधिले अहिले हामीलाई धेरै कुरा सजिलो बनाइदिएको छ । प्रविधिसँगसँगै विकल्पको छनोट गर्न पनि सजिलो भएको छ ।  व्यवसायलाई लिएर होस वा अन्य कुरा सिक्नको लागि होस् नयाँ सोच केहि फरक तरिकाले गर्ने प्रयास गर्ने हो भने पक्कै सफलता मिल्छ । उपयुक्त समयमा उचित ठाउँमा आइडिया लगाउन सकेमा त्यसले राम्रो प्रतिफल दिनसक्छ । त्यसको उदाहरण बनेका छन्, २८ वर्षीय दामोदर बस्याल । बस्यालको एक आइडियाले फुटपाथमा हुने चटपटे, पानीपुरीको व्यापार बदलिएकाे छ । सामान्यतया पानीपुरीको व्यापार चोक- चोकमा गल्लीगल्लीमा नै हुने गरेको देखिन्छ । बनाउनेले जस्तो बनायो त्यस्तै खाने, ग्राहकको स्वस्थ र रुचीलाई ध्यान नदिएरै पनि पानीपुरीको व्यापार भएको पाइन्छ । तर, बस्यालले पछिल्लो समय पानीपुरीकाे व्यापार फरक तरिकाले गरेका छन् । करीब - करीब बारकै शैलीमा उनले पानीपुरीको व्यापार शुरु गरेका छन् । २०७६ सालमा एमबीएको प्रथम सेमेष्टर पढ्ने बेला एउटा प्रतियाेगिताकाे लागि भारतको गाजियाबाद गएका थिए । साेही बेला बाटो छेउमा विभिन्न स्वादका पानीपुरी बेच्न राखिएको देखेका थिए, बस्यालले । त्यसपछि बस्याललाई लाग्याे, ग्राहकको स्वास्थ र रुचीलाई ध्यान दिएर पनि पानीपुरीको व्यापार सकिदो रहेछ । नेपाल फर्केर ग्राहकको रुचीअनुसार फरक-  फरक स्वाद र फरक फरक स्वादमा पानीपुरी बनाउन थाले, काठमाडाै‌ंकाे कपनमा । फरक - फरक स्वादकाे पानीपुरी उपलब्ध गराउन थालेपछि माग पनि बढ्न थाल्यो । माग धान्नै हम्मे हुन थाल्याे । ग्राहककाे मागअनुसार पानीपुरी बनाउन सक्नुपर्ने अर्काे चुनाैती उनले महशुस गरे । अनि खोज्न थाले पानीपुरी मेकर मेसीन । उनले कतै पाएनन् पानीपुरी बनाउने मेसीन । त्यसपछि  आँफै मेसीन बनाउनतिर लागे, उनी । मेसीन बनाउन उनलाई २ वर्ष समय लाग्यो । आखिर उनले बनाएरै छाडे । उनले मेसीन बनाउने सबै सामग्री बाहिरबाट आयात गरे । सामान्यतया हामीले पानीपुरी भनेपछि आफैंले पानी राखेर खानुपर्ने बुझ्छाैं । तर बस्यालले बनाएको यो पानीपुरी भने मेसीनको सहायताले मन परेको स्वादमा खान पाइन्छ । मन परेको स्वादका लागि बटम थिचेर आफूले छनाेट गर्न पाइन्छ । उनले ७ प्रकारका स्वादका पानीपुरीमध्ये आफुले चाहेको  एउटै मेसिनबाट छनाेट गर्नसक्ने बनाएका छन् । एमबीएमा डिग्री हासिल गरेका उनले अहिले कपनमा "पानीपुरी बार" नामबाट व्यवसाय सञ्चानलन गरेका छन् । पाल्पाका दामोदर बस्यालले ५ लाख रुपैयाँको लगानीमा शुरु गरेको पानीपुरी  बारमा विभिन्न ७ ओटा स्वादका पानीपुरी खान पाइन्छ । उनका अनुसार अहिले उनको मासिक आम्दानी मासिक औषत १ लाख ५० हजार रुपैयाँ हुने गरेको छ । प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका जागिरेसमेत रहेका बस्यालले जागिरलाई समेत निरन्तरता दिँदै व्यवसाय सम्हालिरहेका छन् । उनका अनुसार इमली, धनियाँ, पुदिना, अधुवा, कागती र तामाको स्वाद भएको पानीपुरी छ । सबै पानीपुरीको झोल मेसिनबाटै पाइन्छ । ग्राहकले आफूलाई मन परेको झोल राखेर पिरोको मात्रा पनि आफैंले रोजेर खानसक्ने उनले बताए । पानीपुरी बारको मुख्य उद्देश्य नै ग्राहकलाई विभिन्न परिकारको पानीपुरी एकै स्टेसनमा दिनसक्नु भएको उनको भनाइ छ । पानीपुरी बारमा अहिले दहीपुरी, चटपटे, चकलेटपूरी जस्ता २५  रुपैयाँदेखि १०० रुपैयाँसम्मका विभिन्न परिकार पनि पाइन्छ ।  

सम्बन्धित सामग्री

एट्लान्टिक इन्टरनेसनल कलेजमा एमबीए र एमबीए फाइनान्सको पढाइ सुरु

एट्लान्टिक इन्टरनेसनल कलेजले एमबीए र एमबीए फाइनान्स संकायका कक्षा सुरु गरेको छ । गत शुक्रबार काठमाडौंको मल्ल होटलमा आयोजित एक कार्यक्रमका बीच कलेजले नयाँ शैक्षिक कार्यक्रम सुरु गरिएको बताएको हो ।

एट्लान्टिक इन्टरनेसनल कलेजमा एमबीए र एमबीए फाइनान्सको पढाइ सुरु

एट्लान्टिक इन्टरनेसनल कलेजले एमबीए र एमबीए फाइनान्स संकायका कक्षा सुरु गरेको छ । गत शुक्रबार काठमाडौंको मल्ल होटलमा आयोजित एक कार्यक्रमका बीच कलेजले नयाँ शैक्षिक कार्यक्रम सुरु गरिएको बताएको हो ।

एमआईटीमा बीबीए र एमबीए सञ्चालन हुने

मोडल इन्स्च्यिुट अफ टेक्नोलोजी (एमआईटी) काठमाडौंले इन्टरनेसनल अमेरिकन युनिभर्सिटी (आईएयू) सँगको सहकार्यमा बीबीए र एमबीए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पूर्व कप्तान पारसले गरे एमबीए

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले एमबीए पूरा गर्दै दीक्षित भएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले एमबीए पूरा गरेको बताएका छन्। पारसले फिनिक्स कलेज अफ म्यानेजमेन्टबाट एमबीए पूरा गरेका हुन्। उनले क्रिकेटमा व्यस्त रहेका कारण कुनै पनि प्रकारको कन्भोकेसनमा सहभागिता जनाउन नपाएको भन्दै यो अवसरले आफ्नो जिवनमा ठूलो महत्व राख्ने बताए। […]

एमबीए सकाएका रोहितले जब पानीपुरी व्यापार सुरु गरे

काठमाडौँ – स्नातकसम्म झापाबाट अध्ययन सकाएका रोहित शाह स्नातकाेत्तर गर्न काठमाडौँ हानिए। काठमाडौँ स्कुल अफ म्यानेजमेन्टबाट एमबीए गरे। त्यसपछि उनी कलेजमा पढाउन लागे। तर, उनको मन पढाउनभन्दा अन्यत्रै थियो। कसरी बिजनेस गर्ने भनेर दिनरात सोच्थे। उनी भन्छन्, ‘कलेज पढाउँदा एक किसिमको आनन्द त आइराख्या थियो तर स्टिल बिजनेस गर्नु नै मेरो इन्ट्रेस्ट थियो।’ बच्चैदेखि ‘बिजनेस’ […]

एमबीए सकेर बारमा लोभिएका ‘मिक्सोलोजिस्ट’ सौरभ !

विद्यार्थी जीवनबाटै रेस्टुरेन्ट धाउन रुचि राख्थे सौरभ कार्की । प्लस टू पछिको अध्ययनका लागि भारतको दिल्ली पुगेका कार्कीले त्यहाँ पनि आफ्नो रहर परिवर्तन गर्न चाहेनन्  । रेस्टुरेन्ट जाने बस्ने, त्यहीको वातावरणमा रमाउने उनको दैनिकी थियो ।सौरभ विषयगत रूपमा एमबीए गर्दै थिए । तर, रहर र रुचि रेस्टुरेन्टको वातावरणसँग निकट हुँदै थियो । अझ, बार र बारका मिक्सोलोजिस्टहरूले पस्कने थरी–थरीका ककटेलको स्वादले उनलाई रेस्टुरेन्टसँग निकट बनाउँदै लग्यो । नेपाली बार/ककटेल/ड्रिङ्क कल्चर र इन्डियन कल्चरका बा

त्रिविको एमबीए अझै अनिश्चित

त्रिभुवन विश्वविद्यालयबाट बीबीए (ब्याच्लर इन बिजनेस एडमिनिस्ट्रेसन) उत्तीर्ण गरेपछि एमबीए (मास्टर्स इन बिजेसन एडमिनिस्ट्रेसन) तहमा अध्ययन गर्ने व्यवस्था नहुँदा विद्यार्थीहरू मर्कामा परेका छन् । त्रिविमा बीबीए कार्यक्रम सञ्चालन भएको ९ वर्ष बितिसक्दा पनि एमबीए तहको पढाइ सञ्चालन हुनसकेको छैन । हाल १६ निजी र २ वटा आंगिक कलेजले त्रिवि अन्तर्गत बीबीए सञ्चालन गरिरहेका छन् । हाल पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले एमबीए सञ्चालन गर्दै आएका छन् । तर, त्रिविले भने अहिलेसम्म एमबीए सञ्चालन गर्न नसक्दा यसको विश्वसनीयतामाथि नै प्रश्न उब्जिएको छ । ‘सरकारी विश्वविद्यालय भएकाले हामीले अन्तर्राष्ट्रिय स्तर र मापदण्ड पूरा गर्नुपर्छ, त्यसैले निजी विश्वविद्यालयसँग हाम्रो प्रतिस्पर्धा हुँदैन,’ व्यवस्थापन संकायका सहायक डिन डा. कमलदास मानन्धर बताउँछन् । त्रिविको छुट्टै निर्णय प्रक्रिया, विधि र अन्तर्राष्ट्रिय छवि भएकाले त्यसलाई कायम राख्न र गुणस्तरीय शिक्षाका लागि एमबीएको पढाइ सुरु गर्न ढिलाइ भएको मानन्धरले बताए । उनले एमबीए चाँडै सुरु हुने जानकारी दिए । विगतमा पटकपटक त्रिविले एमबीए सुरु गर्न गृहकार्य गरे तापनि अहिलेसम्म सफल भएको छैन । ‘अर्को वर्षदेखि एमबीए सञ्चालनमा आउँछ तर केही वर्षका लागि आंगिक कलेजलाई नदिई केन्द्रीय विभागले नै सञ्चालन गर्नेछ,’ शिक्षाध्यक्ष प्रा.डा. सूर्यलाल अमात्यले अभियानलाई बताए । त्रिविले सञ्चालन गर्ने एमबीए निजी विश्वविद्यालयको भन्दा कम खर्चिलो र बढी प्रभावकारी हुने दाबी अमात्यको छ । अंक ३८, २०६७, जेठ १०–१६

त्रिविको एमबीए ९ बर्षदेखि अनिश्चित

काठमाडौं, फागुन १३ । त्रिभुवन विश्वविद्यालयबाट बीबीए (ब्याच्लर इन बिजनेस एडमिनिस्ट्रेसन) उत्तीर्ण गरेपछि एमबीए (मास्टर्स इन बिजेसन एडमिनिस्ट्रेसन) तहमा अध्ययन गर्ने व्यवस्था नहुँदा विद्यार्थीहरू मर्कामा परेका छन् । त्रिविमा बीबीए कार्यक्रम सञ्चालन भएको ९ वर्ष बितिसक्दा पनि एमबीए तहको पढाइ सञ्चालन हुनसकेको छैन । हाल १६ निजी र २ वटा आंगिक कलेजले त्रिवि अन्तर्गत बीबीए […]

त्रिविको एमबीए अझै अनिश्चित

त्रिभुवन विश्वविद्यालयबाट बीबीए (ब्याच्लर इन बिजनेस एडमिनिस्ट्रेसन) उत्तीर्ण गरेपछि एमबीए (मास्टर्स इन बिजेसन एडमिनिस्ट्रेसन) तहमा अध्ययन गर्ने व्यवस्था नहुँदा विद्यार्थीहरू मर्कामा परेका छन् । त्रिविमा बीबीए कार्यक्रम सञ्चालन भएको ९ वर्ष बितिसक्दा पनि  एमबीए तहको पढाइ सञ्चालन हुनसकेको छैन । हाल १६ निजी र २ वटा आंगिक कलेजले त्रिवि अन्तर्गत बीबीए सञ्चालन गरिरहेका छन् । हाल पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले एमबीए सञ्चालन गर्दै आएका छन् । तर त्रिविले भने अहिलेसम्म एमबीए सञ्चालन गर्न नसक्दा यसको विश्वसनीयतामाथि नै प्रश्न उब्जिएको छ । ‘सरकारी विश्वविद्यालय भएकाले हामीले अन्तर्राष्ट्रिय स्तर र मापदण्ड पूरा गर्नुपर्छ, त्यसैले निजी विश्वविद्यालयसँग हाम्रो प्रतिस्पर्धा हुँदैन,’ व्यवस्थापन संकायका सहायक डिन डा. कमलदास मानन्धर बताउँछन् । त्रिविको छुट्टै निर्णय प्रक्रिया, विधि र अन्तर्राष्ट्रिय छवि भएकाले त्यसलाई कायम राख्न र गुणस्तरीय शिक्षाका लागि एमबीको पढाइ सुरु गर्न ढिलाइ भएको मानन्धरले बताए । उनले एमबीए चाँडै सुरु हुने जानकारी दिए । अंक  ३८, २०६७, जेठ १०–१६

अव त्रिभुवन विश्वविद्यालयमा सहकारी र उद्यमशीलता विकास कोषमा एमबीए अध्यापन

त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट एमबीएमा सहकारी र उद्यमशिलता विकास कोषको अध्ययन अध्यापन गराउने भएको छ । सहकारी र उद्यममशिलता विकासमा ‘एमबीए इन कोअप्रेटिभ एण्ड इन्टप्रियनरसिप डेभलपमेन्ट’ कोर्ष राखि टीयूले अध्यापन शुरु गर्ने भएको हो । राष्ट्रिय सहकारी महासंघ र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच आइतबार सहकारी विषयको पाठ्यक्रम तर्जुमा तथा पठनपाठन गर्ने विषयमा सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय, किर्तिपुरका व्यवस्थापन संकाय केन्द