ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसन एकपछि अर्को विवादमा तानिन थालेपछि कन्जरभेटिभ पार्टीभित्र उनको विकल्प छान्नुपर्ने चर्चा चल्न थालेको छ । यस्तोमा द गार्जियनले पार्टीभित्र नेतृत्वका आकाङ्क्षी मध्ये कसले जोनसनलाई विस्थापित गर्न सक्छन् भनेर सूची दिएको छ । बोरिस जोनसनको राजनीतिक भविष्य आगामी साता तय हुने बताइँदैछ । टोरी भनेर पनि चिनिने कन्जरभेटिभ पार्टीका ५४ सांसदले प्रधानमन्त्रीप्रति विश्वास नरहेको दाबी संसद्मा पेस गर्ने आशङ्का गरिदैछ । त्यसपछि १८० कन्जरभेटिभ सांसदले उनको बिहर्गमन गर्ने नग