काठमाडौं। सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा संसोधन गरी अध्यादेश जारी गरेको विषयमा नीजि क्षेत्रले त्यसको स्वागत गरेको छ । एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन) का अध्यक्ष बसन्त चौधरीले बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यादेशको स्वागत गर्नुभएको हो । विज्ञप्तिमा अफिनले पटक–पटक उठाउँदै आएको मागलाई सम्बोधन गर्दै सरकारले यसपटक […]
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई विगतभन्दा थप कडा सजायसहित अध्यादेश जारी गरिएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी स्वास्थ्य तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधित २०७९ अध्यादेश जारी भएको छ । अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई पुर्पक्षमा थुनामा राख्ने व्यवस्था गरिएका थियो भने नयाँ संशोधित अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्ने गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदे
काठमाडौँः संघीय संसद्को बर्खे अधिवेशन आइतबार आह्वान भएको छ। अधिवेशन आह्वानसँगै सरकारको सिफारिसमा दुई अध्यादेश पनि राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन्।
राष्ट्रपति कार्यालयका अनुसार औषधि तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएका हुन्। संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेश जारी गरिएको हो। …
वैशाख २५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मंगलवारका लागि सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मंगलवार अपराह्न ४ बजेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले आगामी जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आइतवार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
प्रत्येक वर्षको जेठ १४ गते नयाँ बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि संसदमा बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।
यसैवीच आइतवार राष्ट्रपतिले दुई ओटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले औषधि सम्बन्धी तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् ।राष्ट्रपति भण्डारीले उक्त अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा जारी गरेकी हुन् ।अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई कडा कारवाहीको व्यवस्था गरिएको छ ।