स्वास्थ्यकर्मीमाथि आक्रमण गरे अब ५ वर्षसम्म कैदः अभियुक्त थुनामै रहेर मुद्दाको पुर्पक्ष हुने, यस्ता छन् कसुर र सजायका व्यवस्था

काठमाडौं : स्वास्थ्य संस्थामा आगजनी गर्ने व्यक्तिलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने भएको छ। सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो। त्यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी…