स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई विगतभन्दा थप कडा सजायसहित अध्यादेश जारी गरिएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी स्वास्थ्य तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधित २०७९ अध्यादेश जारी भएको छ । अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई पुर्पक्षमा थुनामा राख्ने व्यवस्था गरिएका थियो भने नयाँ संशोधित अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्ने गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदे