काठमाण्डाै - काठमाण्डौ उपत्यकाको मौसम एक्कासी बद्ली भइ धुम्मिएको छ । बिहान सबेरै घाम लागे पनि बिहान सात बजेपछि मौसम धुम्मिएको हो ।
अहिले दक्षिण पश्चिमी क्षेत्रबाट उत्तर पूर्वी क्षेत्रमा कालो बादल बहिरहेकाले एक्कासी मौसम धुम्म भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार मौसम बद्लीसँगै काठमाण्डौ उपत्यकामा असिना पानी परेको छ । यस्तै, हावाहुरी पनि चल्ने छ ।
यस्तै, भिजिबिलिटी पनि कम हुने छ । मौसमविद् सापकोटाकाअनुसार डेढ दुई घण्टासम्म उपत्यकाको मौसम यस्तै नै रहने छ । त्यसपछि भने यो बा...