काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो हावाहुरीसहित असिना पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भएको 'मोका' नामक चक्रवात र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएकाले चट्याङ, गड्याङगुडुङ र हावाहुरीसहित असिना पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज, भोलि र पर्सि तीन दिन पहाडी क्षेत्रको मौसम बदली हुनेछ । यी प्रणालीको प्रभाव आजभन्दा भोलि र पर्सि अझ धेरै पर्ने देखिएको छ । मोका चक्रवातको प्रभाव अहिलेसम्म न...
कास्की – आज आइतवार पाेखरामा बाक्लो असिना पानी परेको छ । असिना पानीले पोखराको सडकमा केहीबेर गाडी सञ्चालनमा अवराेध पुगकाे थियाे । पोखराको न्युरोड, चिप्लेढुङ्गा, बगर, अमरसिंह चेकको भागमा असिनाले ढपक्कै छोपेको थियो । असिना पानीका कारण गुडिरहेका बसहरू रोकिएका थिए, बाटो हिँडिरहेका मान्छेहरू ओत लागेका थिए । असिना पानीले जनजीवनका साथै व्यापार/व्यवसाय पनि प्रभावित भएको छ ।सडकमा चार इन्चदेखि एक फुटसम्म असिना थुप्रिएकाे थियाे । यसरी असिना परेको पहिलो पटक थाहा पाएकाे स्थानीयवासी थम्मन ठकुरीले बताउनुभयो । असिन...
काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी क्षेत्रमा आइतबार दिउँसोदेखि असिना पानी परेको छ । आइतबार दिउँसो पोखराका केही क्षेत्रहरुमा हिउँ पनि परेको थियो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हालको मौसमी प्रणालीको प्रभाव गण्डकी प्रदेशका पहाडी क्षेत्रमा धेरै परेको छ । आइतबार अपराह्न कास्कीको पोखरासहितका क्षेत्रमा असिना पानी परेको छ । यस्तै ओखलढुंगा […]
पोखरा । आइतबार पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकलगायतका स्थानमा असिनाले ढाकेको थियो । गुडिरहेका सवारी साधन बाटैमा रोकिएका थिए भने बाटो हिँडिरहेका मान्छेहरु ओत खोज्न वाध्य भएका थिए । बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी […]
The post पोखरामा भीषण असिना पानी appeared first on राजधानी राष्ट्रिय दैनिक.
पोखरा, फागुन ८ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पोखरामा आएको असिना पानीले खेती बालीमा क्षती पुगेको छ । आकस्मिक परेको असिना पानीका कारण पोखरा बजार क्षेत्र केही समय अस्तव्यस्त भएको थियो । यो प्रकारको असिना पानी पोखरामा पहिलो पटक अनुभव गरेको स्थानीयले बताएका थिए । असिना पानीका कारण कृषकले लगाएको हिउँदे तरकारी, आलु, […]
कास्की । पोखरामा आज (आइतबार) दिउँसो असिना पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रभावका कारण विना बादलको असिना पानी परेको हो । असिनाका कारण सडक जाम भएको छ भने पोखरा विमानस्थलसमेत बन्द छ । असिनाका कारण बाटो बन्द भएकोले इन्द्रचोक, महेद्रपुललगायत क्षेत्रमा असिना हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय […]
काठमाण्डौ – काठमाण्डाै उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ । केही ठाउँमा हावा चलेको छ । आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहको मौसमविद् अर्यालले बताउनुभयो ।
प्रि–मनसुनमा प्राय हरेक दिनजसो बेलुकाको समयमा चट्याङ पर्ने सम्भावना हुने भ...
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिनासहित पानी परेको छ । स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले चट्याङसहित असिना पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वाग्मतीसहित प्रदेश एक, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी परेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । असिना पानीले कतिपय ठाउँमा बालीनालीमा क्षती समेत पुर्याएको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा प्रि&ndas...
'अहिले नेपालमा कुनै मौसमी प्रणाली छैन। स्थानीय वायुको प्रभावले असिना-पानी परेको हो,’ महाशाखाका मौसमविद् वरूण पौडेलले सेतोपाटीसँग भने,‘भोलि पनि अपरान्हपछि यस्तै हुन सक्छ।’