निर्माणमा ढिलाई गर्ने कम्पनीलाई नै सिद्धबाबा सुरुङमार्गको अर्काे ठेक्का

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले समयमै काम नसक्ने निर्माण कम्पनीलाई फेरि अर्को ठूलो आयोजना जिम्मा दिएको छ । नारायणगढ–बुटवल सडक निर्माणमा ढिलाई गरिरहेको चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले फेरि सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो । चारवटा कम्पनीमध्ये सबैभन्दा कम आर्थिक प्रस्ताव पेश गर्ने उक्त कम्पनी निर्माणका लागि छनोट भएको हो । ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ रहेको छ । सुरुङमार्गको दूरी १ दशमलव १ किलोमिटर रहनेछ ।

सम्बन्धित सामग्री

निर्माणमा गडबड गर्ने चिनियाँ कम्पनीलाई सिद्धबाबा सुरुङमार्गको ठेक्का पुरस्कार

काठमाडौं, १२ साउन । देशमा पैसा र पहुँचले सबैलाई जितिरहेको छ । हरेक क्षेत्रमा पैसा र पहुँच नै बोलवाला भएको छ । यसले बेथिती, अराजकता हुँदै अत्याचारको पराकाष्ठ नाघेको छ । निर्माण क्षेत्रमा पनि जुन कम्पनी काम बिगार्छ, गडबड गर्छ उसैले एकपछि अर्को ठेक्का पाइरहेको छ । पप्पु कन्स्ट्रक्सनले कुनैबेला निर्माणमा एकाधिकार जमायो तर उसले […]

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलदेखि पाल्पा जाने सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको प्रक्रिया अघि बढेको छ । सुरुङमार्ग निर्माणका लागि गत साता चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ’सँग ठेक्का सम्झौता गरिएको हो । ठेक्का सम्झौता भएसँगै चिनियाँ कम्पनीलाई वातावरणीय अध्ययन र सुरुङको विस्तृत डिजाइनका लागि ९ महिनाको समय दिइएको छ । ठेक्का सम्झौता […]

सिद्धबाबा सुरुङमार्गको ठेक्का चाइना स्टेट कम्पनीलाई

सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले आइतबार सार्वजनिक सूचना जारी गर्दै सिद्धबाबा सुरुङमार्गको ठेक्का चाइना स्टेटले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रूपैयाँमा पाएको हो।...

काम अलपत्र पार्ने चिनियाँ कम्पनीलाई नै सिद्धबाबा

नारायणगढ–बुटवल सडक विस्तार थालिएको ३ वर्ष भइसकेको छ । २०७५ पुस ७ मा भएको निर्माण सम्झौताअनुसार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७९ साउन २२ भित्र काम सक्नुपर्ने उल्लेख छ । तर निर्माणको म्याद सकिन ६ महिना मात्रै बाँकी रहँदा भौतिक प्रगति भने १२ प्रतिशत मात्रै छ ।

७ अर्ब ३४ करोडमा सिद्धबाबा सुरुङमार्ग निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग निर्माणका लागि  टेण्डर प्रकिया टुंगिएको छ ।

७ अर्ब ३४ करोडमा सिद्धबाबा सुरुङमार्ग निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग निर्माणका लागि  टेण्डर प्रकिया टुंगिएको छ ।

सिन्धुलीमा पनि केबुलकार

सिन्धुलीको सदरमुकामदेखि सिद्धबाबा मन्दिरसम्म केबुलकार निर्माण हुने भएको छ । केबुलकार सञ्चालनका लागि उद्योग विभागले सिद्धबाबा दर्शन केबलकार कम्पनीलाई अनुमति दिएको छ । करिब २० करोड रुपैयाँको लगानीमा केबुलकार निर्माण हुन लागेको हो । सिन्धुली सदरमुकाम ढुंग्रेवास–मल्ल गाउँ, ठुलीचौरदेखि सिद्धबाबा मन्दिरसम्म बन्ने केबुलकारको एकतर्फी लम्बाइ १ हजार ६ सय मिटर छ । केबलकारबाट दैनिक १ हजार २ सय जना ओहोरदोहोर गर्नसक्ने कम्पनीले बताएको छ । उक्त केबुलकार एक वर्षभित्र निर्माण सम्पन्न भइसक्ने कम्पनीका प्रबन्ध निर्देशक शंकरनाथ शर्मा अधिकारीले बताए । यसका लागि कम्पनीले भारतको कोलकातास्थित सीआरएसटीएल कम्पनीसँग १७ करोड रुपैयाँमा निर्माण सम्झौता गरेको छ । टोकन मनी (पेश्की) पठाएको १० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने सम्झौताको शर्त रहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । पेश्की रकम एक महिनाभित्रै पठाउने कम्पनीले बताएको छ । निर्माणकर्ता कम्पनी सीआरएसटीएलले भारत, श्रीलंका, भुटान आदि देशमा सयभन्दा बढी केबुलकार र रोपवे निर्माण गरिसकेको बताइएको छ । सीआरएसटीएल निर्माणाधीन लुम्बिनी केबलकारको पनि ठेकेदार हो । केबुलकारसँगै कपनीले सिद्धबाबाका मन्दिरनजिक भ्यु टावर, धर्मशाला तथा वनभोजस्थल समेत निर्माण गर्ने योजना बनाएको छ । यसका लगि एक बिघा जमिन किनिसकेको प्रबन्ध निर्देशक अधिकारीले बताए । केबलकार सञ्चालनमा आएपछि भारतीय तथा आन्तरिक पर्यटकको संख्या वृद्धि हुने कम्पनीको आशा छ । वर्ष ५, अंक ४४, २०६७, असार २१– २७