काम अलपत्र पार्ने चिनियाँ कम्पनीलाई नै सिद्धबाबा

नारायणगढ–बुटवल सडक विस्तार थालिएको ३ वर्ष भइसकेको छ । २०७५ पुस ७ मा भएको निर्माण सम्झौताअनुसार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७९ साउन २२ भित्र काम सक्नुपर्ने उल्लेख छ । तर निर्माणको म्याद सकिन ६ महिना मात्रै बाँकी रहँदा भौतिक प्रगति भने १२ प्रतिशत मात्रै छ ।