नेपालमा कोरोना भाइरस संक्रमणदर ५० प्रतिशतको हाराहारीमा पुगेको छ । आज सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ४ सय १८ को परीक्षण गर्दा ११ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । …