बढे कोरोना संक्रमित, ५०० जना बढीमा संक्रमण पुष्टि

पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिन ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बिहीबार १०५ जना बढी अर्थात ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने सोमबार सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा २७१ जना निको भएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९९ वटा नमुना परीक्षण भएक

सम्बन्धित सामग्री

एकैदिन ३५ सय बढीमा संक्रमण, एक जनाको मृत्यु

काठमाडौं : देशभर ३५ सय भन्दाबढी कोरोना संक्रमित थपिएका छन्।१५ हजार ८१ जनामा  परीक्षण गर्दा ३ हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोभिड संक्रमणदर बढे पनि मृत्यु हुनेको संख्या भने कम छ।एकैदिन ३५ सय बढीमा संक्रमण पुष्टि हुँदा आज एक जना संक्रमितको मात्रै मृत्यु भएको छ। त्यस्तै,दुई सय ७१ जना कोरोना मुक्त भएका छन्।  हाल देशभर संक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० रहेको मन्त्रालयले जनाएको छ।

बढे कोरोना संक्रमित, २४ घण्टामा ४१ सय बढीमा संक्रमण पुष्टि

पछिल्लो दिनमा देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बितेको २४ घण्टामा मात्रै ४१ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा  ११३२ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ । दुबै विधिबाट जम्मा १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो

फेरि बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा २८ सय बढीमा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मंगलबार २६३६ जनामा संक्रमण पुष्टि भएको थियो । जबकी सो दिन ११ हजार ७४८ जनाको...

भारतमा २ करोड नाघे कोरोना संक्रमित, एकैदिन थप ३ लाख ५५ हजार बढीमा संक्रमण पुष्टि

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । गत २४ घण्टामा थप ३ लाख ५५ हजार ८२८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५४३ पुगेको छ ।