समावेशीकरण र सकारात्मक विभेद
१. नेपालको सार्वजनिक प्रशासनका समस्या पहिचान गरी सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउने उपायहरू उल्लेख गर्नुहोस् ।
सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने स्थायी संयन्त्र सार्वजनिक प्रशासन हो । यसले सार्वजनिक उद्देश्य एवं लक्ष्यलाई प्रभावकारी रूपमा प्राप्त गर्न उपलब्ध साधन स्रोतको योजना गर्ने, सङ्गठन गर्ने, समन्वय गर्ने, नियन्त्रण गर्ने, निर्देशन गर्नेलगायतका कार्य गरी देश र जनताको निरन्तर सेवा गर्दछ । यसका लागि नेपालमा निजामती सेवा, सुरक्षा निकाय, अदालत, सामुदायिक विद्यालय, अस्पताल, सार्वजनिक संस्थानलगायतका संरचनाको व्यवस्था गरिएको छ । केन्द्रमा सङ्घदेखि प्रदेश र स्थानीय तह सबै सरकारमा सार्वजनिक प्रशासन क्रियाशील छ र पनि नेपालको सार्वजनिक प्रशासन समस्यामुक्त हुन सकेको छैन । यसमा विभिन्न समस्या छन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
– सार्वजनिक प्रशासन सञ्चालनका लागि कार्ययोजनासहितको स्पष्ट दीर्घकालीन नीतिको अभाव हुनु,
– सार्वजनिक प्रशासनलाई व्यवस्थित गर्ने कानुनी व्यवस्था समयानुकूल हुन नसक्नु, तर्जुमा गरिएका कानुनको प्रभावकारी