काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज साताको पहिलो कारोबार ५४ अंकले बढेको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक २६ सय ६५ अंकमा पुगेर रोकिएको हो। यसक्रममा ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबार भएको १३ मध्ये १३ वटै समूहमा सुधार आएको छ।