एमाले बागमती प्रदेश सदस्यमा ७९ जना मनोनित

नेकपा एमाले बागमती प्रदेश कमिटीले ७९ जना सदस्य मनोनित गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीमा ७९ जना सदस्य मनोनित गरिएको जानकारी दिएको हो ।प्रदेश कमिटीको फागुन २६ गते सम्पन्न तेस्रो पूर्ण बैठकले उनीहरुलाई सदस्यमा मनोनित गरेका एमाले बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए । मनोनित प्रदेश कमिटी सदस्य मध्ये मकवानपुरका ७, चितवनका १२, धादिङका २, रामेछापका ६, दोलखाका ७, सिन्धुपाल्चोकका ११, काभ्रेका ८, भक्तपुरका ५, ललितपुरका ७, काठमाडौंका ६, नुवाकोट र सिन्धुलीका ४÷४

सम्बन्धित सामग्री

एमाले बागमती प्रदेश कमिटीमा कार्यविभाजन

एमाले बागमती प्रदेश कमिटीले कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरेको छ । बागमती एमालेले प्रथम अधिवेशनबाट निर्वाचित दुई सय ४७ सदस्यीय नयाँ नेतृत्वको कार्यविभाजन गरेको हो ।  प्रदेश कमिटी अध्यक्ष कैलाश...

एमाले बागमती प्रदेश अधिवेशनमा सहमतिको प्रयास

काठमाडौं- नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयाससँगै उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु भएको छ। सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा केही घन्टा ढिलो गरी मतदाता नामावली प्रकाशन गरिएको छ। बन्दसत्रका अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले अध्यक्षका सम्भावित उम्मेदवारसँग सहमतिको प्रयासका लागि अध्यक्ष मण्डलले एक […]

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी

काठमाडौँ– नेकपा एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र जारी रहेको छ । हिजो भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाबाट झण्डै १२ सय प्रतिनिधि सहभागी भएका छन् […]

एमाले बागमती प्रदेश अधिवेशन सुरु, सहमतिमा नेतृत्व चयनको अपेक्षा

काठमाडौं । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ जवजको मागदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूल नाराका साथ नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका प्रतिनिधी भेला हुँदा अधिवेशन स्थलको माहोल भिन्दै थियो । नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन राजधानीको भृकुटीमण्डपमा सोमबारबाट सुरु […]

एमाले बागमती प्रदेश कमिटी अध्यक्षमा कृष्णभक्त पोखरेलले उम्मेद्वारी दिने

काठमाडौं-नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्षमा कृष्णभक्त पोखलेरले पनि उम्मेद्वारी दिने तयारी गरेका छन्। यहि असोज ८ र ९ गते एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशन गर्ने तय भएको छ। बागमती प्रदेश कमिटीको अध्यक्षको लागि पोखरेलले आंकाक्षा देखाएका हुन्। पोखरेलसहित बागमती प्रदेश कमिटीको अध्यक्षमा आधा दर्जन बढिले उम्मेदवारी दिने तयारी गरेका छन्। पोखरेल दुइ पटक […]

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया चयन

हेटौंडा : नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन्।बिहीवार बसेको एमाले संसदीय दलको बैठले सर्वसम्मत रूपमा थपलियालाई नेता चयन गरेको हो। एमालेको केन्द्रीय सदस्यसमेत रहेका थपलिया यसअघि बागमती प्रदेशको पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार थिए।केन्द्रमा एमाले नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाउने सम्भावना देखिएको छ। बागमतीको नेतृत्व एमालेले पाए थपलिया नै प्रदेशको चौथो मुख्यमन्त्री बन्नेछन्।

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया सर्वसम्मत

हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन हुनुभएकाे छ । नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया सर्वसम्मत

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ (जेएन) थपलिया सर्वसम्मत चयन भएका छन्। बिहीबार हेटौंडा–१० स्थित एमाले संसदीय दलको कार्यलयमा बसेको बैठकले थपलियालाई सर्वसम्मत दलको नेता चयन गरेको हो। चितवन क्षेत्र नम्बर...

एमाले बागमती प्रदेश अधिवेशन काठमाडौंमा हुने

नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ ।सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक÷साङ्गठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय […]

एमाले बागमती प्रदेश कमिटीले १४ जना सांसदलाई सोध्यो स्पष्टीकरण

हेटौडा। नेकपा एमाले बागमती प्रदेश कमिटीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै १४ जना सांसदसँग स्पष्टीकरण माग गरेको छ। आज बसेको प्रदेशको संसदीय बोर्डका बैठकले अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल लगायतसँग स्पष्टीकरण मागेको हो। उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ।