एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया चयन

हेटौंडा : नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन्।बिहीवार बसेको एमाले संसदीय दलको बैठले सर्वसम्मत रूपमा थपलियालाई नेता चयन गरेको हो। एमालेको केन्द्रीय सदस्यसमेत रहेका थपलिया यसअघि बागमती प्रदेशको पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार थिए।केन्द्रमा एमाले नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाउने सम्भावना देखिएको छ। बागमतीको नेतृत्व एमालेले पाए थपलिया नै प्रदेशको चौथो मुख्यमन्त्री बन्नेछन्।

सम्बन्धित सामग्री

मुख्यमन्त्रीका दाबेदार थपलिया एमालेबाट संसदीय दलको नेता सर्वसम्मत

चुरे मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती प्रदेश संसदिय दलको नेतामा जगन्नाथ थपलिया (जेएन ) चयन भएका छन् ।नेकपा एमाले केन्द्रिय सदस्य समेत रहेका थपलिया सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन । विहीबार बागमती प्रदेश संसदियदलको कार्यालयमा बसेको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो । चितवन निर्वाचन क्षेत्र नम्बर १ को १ […] The post मुख्यमन्त्रीका दाबेदार थपलिया एमालेबाट संसदीय दलको नेता सर्वसम्मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....