प्रदेश सरकारको बजेट : कृषि र पूर्वाधार मुख्य प्राथमिकता - Naya Patrika

प्रदेश १ : ३५ अर्ब ९३ करोड ६० लाख प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । प्रदेश...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कञ्चनपुर बजेट : पूर्वाधारलाई नै प्राथमिकता

दोधारा चाँदनी,१२ असार । कञ्चनपुरका नौ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा ‘हाम्रो उपजः हाम्रै प्रयोग’ भन्ने नारा अघि सारेको छ । त्यसैगरी कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यावसायिक कृषि खेतीलाई बढोत्तरी हुने गरी कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न […]

हंसपुर नगरपालिकाको बजेट ५३ करोड ८५ लाख २२ हजार

धनुषाको हंसपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५३ करोड ८५ लाख २२ हजार रूपैयाँ बजेट ल्याएको छ।...

पाटन, सुर्नया र दोगडाकेदारको बजेट सार्वजनिक

बैतडी : बैतडीको पाटन नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिकाले बजेट सार्वजनिक गरेका छन्। पाटनले अगामी आर्थिक वर्ष २०७९।०८० लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता राखेर पाटनले नीति तथा कार्यक्रम ल्याएको छ।कृषि उपजको बजारीकरणका लागि कोल्ड स्टोर निर्माण गरिने, महिनाको १ पटक हाटबजार लगाइने र कृषकहरूलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा कृषिजन्य यन्त्र प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै शिक्षातर्फ अंग्रेजी

गण्डकीमा उत्पादन वृद्धि, पर्यटन, शिक्षा र पूर्वाधारलाई प्राथमिकता

पोखरा – गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्वको अभिवृद्धि, पर्यटन प्रवद्र्धन र स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालकले बुधबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९-८० का लागि रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गर्दै उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको विकास र पूर्वाधार विकासलाई […]

संघीय बजेटमा कर्णाली : कार्यान्वयन गर्न सके बजेट फालाफाल !

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा यो पटक कर्णालीका धेरै योजना समेटिएका छन् । केही पुराना योजनालाई निरन्तरता दिइएको छ भने केही नयाँ योजना छन् । विशेषगरी कर्णालीको कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार क्षेत्रलाई समेटेर बजेट आएको कर्णालीका सरोकारवालाहरूले बताउने गरेका छन् ।शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निर्देशक दीपा हमालका अनुसार संघ सरकारको बजेटमा अहिले जति प्राथमिकता कर्णालीलाई दिइएको छ, त्यो इतिहासकै अभूतपूर्व छ । उनले कार्यान्वयनको पाटोलाई भने ध्यान दिनुपर्ने बताइ

म्याग्दीका स्थानीय तहको बजेट ३ अर्ब

म्याग्दीमा ६ पालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । हिमाली जिल्ला म्याग्दीका पालिकाले कृषि, पशुपालन, जलस्रोत, पर्यटन क्षेत्रका पूर्वाधार विकास र शिक्षा स्वास्थ्य र रोजगारमूलक क्षेत्रलाई प्राथमिकता दिए पनि जिल्लाबासीलाई उत्पादनमूलकमा जोडेर आत्मनिर्भर बनाउने योजना राजनीतिक कारण बन्न सकेको छैन । यसबर्ष पालिकाले चुनाव र पाटी केन्द्रित बजेट बनाउन सफल […]

दोधारा चाँदनी नगरपालिकाको बजेट ६२ करोड

दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि रु ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ । पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिवी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ । नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगर उपप्रमुख चिनी गिरीले आयतर्फ वित्तीय समानीकरणमा रु १३ करोड ४० लाख, शसर्त अनुदानमा रु १८ क

बागमती प्रदेशको आगामी बजेट : कोरोना रोकथाम, कृषि र पूर्वाधारमा प्राथमिकता

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारद्वारा आगामी आव २०७८/७९ का लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ ओटै जिल्लाका कोभिड–१९ संक्रमणका बिरामीको उपचार सेवा र नियन्त्रणलाई उच्च प्राथमिकता दिइने बताएका छन् । यही जेठको २६ वा २७ गतेभित्र प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा कोभिड–१९ बाट पीडा भोगेका परिवारलाई सरकारले उत्पादनतर्फ आर्यआर्जनका लागि आर्थिक प्याकेज कार्यक्रम ल्याउन लागिएको जानकारी उनले दिए । प्रदेशको काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा अक्सिजन प्लान्ट स्थान गर्न, अस्पतालको गुणस्तरीय वृद्धिको साथै एचडीयू, भेन्टिलेटर र आईसीयू कक्षको स्थापना गरी उपचार सेवालाई सहजीकरण गर्न सरकारले छुट्टै कार्यदल पनि गठन गर्ने उनले बताए । मन्त्री ढुंगेलले प्रदेश सरकारले अघिल्लो वर्ष जस्तै यस वर्षको नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय गौरवको आयोजनाको निर्माणको साथै शिक्षाको गुणस्तरीय वृद्धि र दक्ष जनशक्ति उत्पादनको लागि प्राविधिक शिक्षातर्फ जोड दिइने जानकारी दिए । आगामी आवको बजेटले प्रदेशमा कृषि उत्पादनको साथै पशुपालनतर्फ गाई, भैंसी पालनको अतिरिक्त, खसी, बोका, कुखुरा, बंगुर पालनलाई उच्च प्राथमिकता दिई शहरी क्षेत्रका उपभोक्तालाई दुग्ध पदार्थ र मासुमा आत्मनिर्भर तुल्याउने कार्यलाई जोड दिने उनले बताए । आगामी आव २०७८/७९ का लागि सरकारले करिब ५४ अर्ब रुपैयाँके बजेट ल्याउने सम्भावना रहेको उनले बताए । बजेटले प्रदेशको १३ ओटै जिल्लालाई भौतिक पूर्वाधार निर्माण, संघीय राजधानी काठमाडौंलाई हेटौंडाबाट जोड्ने विद्युतीय बसको सञ्चालन र पोष्ट बहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण तथा कोभिड–१९ संक्रमण रोग नियन्त्रणका लागि सरकारले केन्द्रविन्दुमा राखेर बजेट विनियोजित गरी कार्यान्वयन गर्नेतर्फ केन्द्रित रहेको उनको भनाइ छ । रासस