सिन्धुपाल्चोक बलेफी–३ फुल्पीकोटकी मैया थापालाई हिजोआज थाहा हुँदै छ, सुत्केरी महिलाका दुःख र त्यसले स्वास्थ्यमा पार्ने प्रभाव । ग्रामीण भेगका महिला सुत्केरीका बेला पनि खानेपानी ओसार्न टाढासम्म धाउनुपर्ने बाध्यतामा छन् भन्ने उनलाई आफ्नै विगतले बुझायो । दुई वर्षयता स्वास्थ्य स्वयंसेविकाको काम गरे पनि उनले निकालेको निष्कर्ष हो– जलवायु परिवर्तनले पानीका मुहान सुक्दा त्यसको सोझो असर महिलाको स्वास्थ्यमा परिरहेको छ ।