चैत ४, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस बापतको कर जम्मा गर्न आग्रह गरेको छ ।
कम्पनीले आव २०७७/०७८ को नाफाबाट शेयरधनीको लागि २० प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको गत पुस १६ गते सम्पन्न १०औं साधारण सभाले उक्त बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले २०७७ चैत ३ गतेदेखि २०७८ मंसिर २९ गतेसम्मका कायम शेयरधनीहरुलाई उक्त बोनसमा लाग्ने कर बापतको रकम कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा कुमारी बैंक लिमिटेडको कुनैपनि शाखा कार्यालयमा सम्पर्क राखि KCL-WOMI TAX COLLECTION 2077/78 खाता नम्बर ०१३००९८४०७२०००३७ मा जम्मा गर्न अनुरोध गरेको छ ।
साथै, हालसम्म पनि शेयर शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुको हकमा शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस खातामा पठाउने कमपनीले जानकारी गराएको छ ।
कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
केहि लगानीकर्ताले वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha को बोनस शेयर पाउन कर तिर्नु पर्ने भएको छ । २०७७/१२/०३ गतेदेखि २०७८/०८/२९ गतेसम्म शेयर खरिद गरि कायम भएका शेयरधनीले कम्पनीको १०औं वार्षिक साधारण सभाबाट पारित आ.व.२०७७/०७८ को २० प्रतिशत बोनस पाउन कर तिर्नु पर्ने भएको हो ।संस्थाको शेयर रजिस्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंक लिमिटेडको कुनैपनि शाखा कार्यालयमा सम्पर्क गरि कर बापतको रकम एकिन गरी कर तिर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीले कुमारी बैंकमा रहेको KCL-WOMI TAX COLLECTION 2071/78 खाता नं. ०१३००९८४०७२०००३७ मा जम्मा गरी आफ्नो बोनस शेयर प्राप्त गर्न अनुरोध गरेको छ। बुक क्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनी महानुभावहरुको बोनस शेयर फुकुवापत्र प्राप्त भए पश्चात् मात्र बोनस सेयर खातामा पठाईने कम्पनीले उल्लेख गरेको छ। हालसम्म आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गरेको अवस्थामा बोनस शेयर समेत आफ्नो हितग्राही खातामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अन्सुअर बोनस शेयर बापत लाग्ने करको विवरण शेयर रजिष्ट्रारको Website: www.kumaricapital.com बाट प्राप्त गर्न सकिने छ।कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन् आउने ८ करोड २३ लाख ८८ हजार ८ सय ८० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भई एकीकृत कारोवार समेत आर्थिक वर्ष २०७७/०७८ मा शुरुवात गरिसकिएको हुँदा आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुटको सुविधा समेत उपयोग गरिने भएकोले कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव गरेको थिएँन। एकिकृत कारोबारपछि शेयर खरिद गरेकाले आफै कर तिर्नु पर्ने भएको हो ।
माघ ९, काठमाडौं । साधारण सभाबाट पारित भएको चार महीना पुग्दा पनि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण(लिस्टिङ) गराएको छैन ।
उक्त कम्पनीले गत असोज २३ गते साधारण सभा गरेर २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।
बुक क्लोज भएकै दिन मूल्य समायोजन भएपनि आफूले पाउने बोनस शेयर हितग्राही खातामा समयमा नै नआउँदा लगानीकर्ता भने निराश हुने गरेका छन् ।
उक्त कम्पनीले गत असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको थियो ।
यसै आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले २० प्रतिशत बोनस शेयर प्राप्त गर्ने छन् । असोजमै साधारण सभा सम्पन्न गरेको नेपाल ल्यूव आयल लिमिटेडले पनि अहिलेसम्म नेप्सेमा बोनस शेयर सूचीकरण गरेको छैन । उक्त कम्पनीले पनि असोज १८ गतेको साधारण सभाबाट ३० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको थियो ।
त्यस्तै कात्तिमा साधारण सभा गरेका कतिपय कम्पनीहरुले अझै पनि नेप्सेमा बोनस शेयर सूचीकरण गराएका छैनन् । कतिपयले भने बोनस शेयर सूचीकरण गराएका छन् । बोनस शेयर सूचीकरण नगराउनेमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, शिवम् सिमेन्ट्स, कुमारी बैंक, स्वरोजगार लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्था रहेका छन् ।
साधना लघुवित्त वित्तीय संस्थाले कात्तिक १३ गते २५ प्रतिशत बोनस शेयर पारित गरेको थियो । त्यस्तै शिवम् शिमेन्ट्सले कात्तिक १६ गते २९ प्रतिशत बोनस शेयर पारित गरेको थियो । कुमारी बैंकले कात्तिक १६ गते ६ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।
त्यसैगरी स्वरोजगार कात्तिक २७ गते २५ प्रतिशत बोनस शेयर पारित गरेको थियो भने सिभिल बैंक लिमिटेडले कात्तिक २८ गते १९ प्रतिशत बोनस शेयर पारित गरेको थियो । ती कम्पनीले अहिलेसम्म बोनस शेयर नेप्सेमा सूचीकरण गराएका छैनन् ।
कात्तिकमा साधारण सभाबाट पारित बोनस शेयर सूचीकरण गराउने कम्पनीहरु :
कात्तिकमा साधारण सभा गराएका सानिमा बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, गुराँस लघुवित्त, कामना सेवा विकास बैंक, माछापुच्छ्रे बैंक र आशा लघुवित्तले बोनस शेयर नेप्सेमा सूचीकरण गराएका छन् ।
सानिमा बैंकले कात्तिक १४ गते पारित १७ प्रतिशत बोनस शेयर, साग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते पारित १० प्रतिशत बोनस शेयर, सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले कात्तिक १६ गते पारित गरेको १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र गुराँस लघुवित्तले कात्तिक २२ गते पारित गरेको १६ दशमलव ९१ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।
त्यसैगरी कामना सेवा विकास बैंकले कात्तिक २३ गते पारित गरेको १८ दशमलव ५० प्रतिशत बोनस शेयर, माछापुछ्रे बैंकले कात्तिक २६ गते पारित गरेको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र आशा लघुवित्तले कात्तिक २७ गते पारित गरेको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गराइसकेका छन् ।
बोनस शेयर सूचीकरण हुन किन लाग्छ समय ?
एउटै महीनामा साधारण सभा गरेका कम्पनीहरुमा पनि कसैले दुई महीनाभित्र नै बोनस शेयर सूचीकरण गराउने गर्छन् भने कतिपयले भने समय लगाउने गरेका छन् । साधारण सभाबाट बोनस शेयर पारित भएपछि पनि नियमन निकायहरुबाट स्वीकृति लिनुुपर्ने व्यवस्था भएकाले समय लाग्ने गरेको कम्पनीको भनाइ छ ।
डिप्रोक्स लघुवित्तका एक कर्मचारीका अनुसार नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड (सेवोन) र नेप्सेमा विभिन्न विवरण बुझाउनु पर्ने भएकाले समय लाग्ने गरेको हो । कोभिडले गर्दा नियमन निकायमा कर्मचारी कम आउने गरेकाले पनि त्यसको प्रभाव पर्ने गरेको ती कर्मचारी बताउँछन् ।
उता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकारी मुराहरी पराजुली भने कतिपय कम्पनीले सबै प्रक्रिया पुर्याएर ल्याउने गरेकाले छिट्टै शेयर सूचिकरण हुने गरेको बताउँछन् ।
उनका अनुसार सरकारको स्वामित्व भएका संस्थाले साधारण सभाबाट बोनस शेयर पारित गरेपछि पनि सरकारको अनुमति अनिवार्य लिनु पर्ने भएकाले समय लाग्ने गरेको छ ।
‘कतिपय कम्पनीले सबै प्रक्रिया पुर्याएर बोनस शेयर सूचीकरण गर्न आएका हुन्छन् । ती कम्पनीको बोनस शेयर सूचीकरण हुन समय लाग्दैन । तर, कतिपयले प्रक्रिया नै नपुर्याइ आउँदा प्रक्रिया पुर्याउँदा समय लाग्ने गरेको छ’, उनले भने ।
बैंक तथा वित्तीय संस्थाको हकमा राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालय र सेवोनको स्वीकृति पत्र अनिवार्य गरिएको छ । त्यस्सैगरी बीमा कम्पनीको हकमा बीमा समिति, विद्युत् कम्पनीहरुको हकमा विद्युत् नियमन आयोगलगायतको स्वकृति अनिवार्य रहेको बताइएको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज कुमारी बैंक र लक्ष्मी लघुवित्तको गरि कुल ८९ लाख ६७ हजार १ सय ७४ दशमलव ९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज नेप्सेमा कुमारी बैंकको ६ प्रतिशतले हुन आउने ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता बोनस शेयर र लक्ष्मी लघुवित्तको २० प्रतिशतले हुन आउने ६ लाख ४० हजार ९० कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।कुमारी बैंकको साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत गरि २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश पारित गरेको गरेको थियो। त्यस्तै लक्ष्मी लघुवित्तको साधारणसभाले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७.३६८४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो।
कुमारी बैंक लिमिटेडका सेयरधनीले बोनस शेयर ६ र नगद लाभांश २.६७ प्रतिशत पाउने भएका छन् । कम्पनीको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई यो परिमाणमा लाभांश दिने प्रस्ताव पारित गरेको हो । साधारण सभाले सेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६% बोनस शेयर तथा बोनश सेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत २.६७% बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो बोनस शेयर जारीपश्चात् बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ पुग्नेछ । बैंकको २१ औं वार्षिक साधा
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कुमारी बैंक र गुराँस लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज कार्तिक ८ गते सोमबार बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । कुमारी बैंकको ६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता १६४.१५ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको शेयर मूल्य प्रति कित्ता २८० रुपैयाँ थियो । त्यस्तै गुराँस लघुवित्तको १६.९०६४ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३४८.०९ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५७६ रुपैयाँ रहेको थियो ।कुमारी बैंकले कात्तिक १६ गतेका लागि साधारणसभा डाकेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत गरि २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्। गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत तथा चुक्तापुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन्। साधारणसभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गुराँस लघुवित्तले कात्तिक २२ गते सोमबारका लागि साधारणसभा डाकेको छ। साधारणसभा प्रयोजनार्थ लघुवित्तले यहि कात्तिक ८ देखि २२ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै लघुवित्तको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य लघुवित्तलाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन् । लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १६।९० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद गरि कुल १७।८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्।हाल लघुवित्तको चुक्तापुंजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ। बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९ करोड ७५ लाख पुग्नेछ। लघुवित्तको साधारणसभाले संस्थापक समुहबाट चार जना संचालकको लागि निर्वाचन गर्नेछ।
कात्तिक ८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार कुमारी बैंक र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले कुमारी बैंकको ६ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २६४ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. २८० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कुमारी बैंकले यस वर्ष गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते आफ्नै कार्यालय नक्सालमा २१औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११:३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै, नेप्सेले गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ दशमलव ९०६४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ३४८ तोकेको छ । कम्पनीको आइतवार रू. १ हजार ५७६ मा अन्तिम कारोबार भएको थियो ।
गुराँस लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र शून्य दशमलव ८८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २२ गते साधारण सभा आयोजना गरेको छ । कम्पनीले सभा न्यू अञ्जली होटल धनकुटा नगरपालिका ७ मा बिहान ११ बोलाएको छ ।
दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
आज कार्तिक ७ गते आइतबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि कार्तिक ८ गते सोमबार बुक क्लोज गरेका १ बाणिज्य बैंक, १ लघुवित्त र १ रियल सेक्टर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । आज कुमारी बैंक, गुराँस लघुवित्त र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।कुमारी बैंकले कात्तिक १६ गतेका लागि साधारणसभा डाकेको बैंकले छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत गरि २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्। गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत तथा चुक्तापुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन्। साधारणसभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गुराँस लघुवित्तले कात्तिक २२ गते सोमबारका लागि साधारणसभा डाकेको छ। साधारणसभा प्रयोजनार्थ लघुवित्तले यहि कात्तिक ८ देखि २२ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै लघुवित्तको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य लघुवित्तलाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन् । लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १६।९० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद गरि कुल १७।८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्।हाल लघुवित्तको चुक्तापुंजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ। बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९ करोड ७५ लाख पुग्नेछ। लघुवित्तको साधारणसभाले संस्थापक समुहबाट चार जना संचालकको लागि निर्वाचन गर्नेछ। शिवम सिमेन्टले कार्तिक १६ गते मंगलबार भर्चुअल माध्यमबाट समेत सहभागी हुन् सक्ने गरि सभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । कम्पनीले अहिलेसम्मकै उच्च लाभांश घोषण गरेको छ। कम्पनीले गत आर्थिक बर्षको कमाईबाट २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीको असोज २२ गते बसेको संचालक समितिको ९२ औं बैठकले गत आर्थिक बर्षबाट दिने लाभांश प्रस्ताव गरेको हो। उक्त लाभांश साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा वितरण हुनेछ। नगद लाभांश बापत कम्पनीले १ अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्ने छ। कम्पनीले आफ्नो चुक्ता पुंजी ४ अर्ब ४० करोडको २९ प्रतिशतले हुन आउने उक्त रकम बराबरको नगद लाभांश प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक बर्षबाट प्रस्ताव गरेको लाभांश अहिलेसम्मकै उच्च हो। यसअघि शिवम सिमेन्टले २४.२१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो। कम्पनीले गत आर्थिक वर्ष एक अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको थियो। कम्पनीले थप कार्य गर्न सक्ने गरि कम्पनीको उदेश्य थप गर्ने विशेष प्रस्ताव पनि सभामा लैजाने भएको छ । कम्पनीले आफ्नो उदेश्यमा 'आइरन ओर, फलाम, खनिज तेल, खनिज नून, डोलोमाइट, खरि, रेडक्ले, चुनढुंगा लगायतका धातु तथा अधातु खनिज पदार्थहरूको खोज अनुसन्धान, संकलन, उत्खनन्, दुवानी तथा खरिद विक्री गर्ने । चुनढुंगा उत्खनन गर्दा निष्कने ओभर वर्डनलाई खानीस्थलबाट व्यवस्थापन गर्न क्रसिंग गरी वा नगरी सडक, पुल भवन, कुलो नहर निर्माणमा आवश्यक पर्ने निर्माण सामाग्रीको रूपमा उपयोग गर्ने, अन्य व्यक्ति वा संस्थालाई हटाउन लगाउने वा विक्री गरी ओभरवोर्डन व्यवस्थापन गर्ने' भन्ने बुँदा थप गर्न लागेको हो ।त्यस्तै सभामा अध्यक्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको बार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको कम्पनीको वासलात तथा सोही मितिमा समाप्त भएको आ. व. २०७७/०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका ले.प. सम्बन्धि अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने , कम्पनीको आ. व. २०७८०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , कम्पनी ऐन २०६३ को दफा ९३ बमोजिम यस कम्पनीका आधारभूत शेयरधनी वा संचालक सम्बद्ध रहेको संस्था तथा यसै संस्थाका सम्बद्ध अन्य कम्पनीसंग गरेको कारोवार छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।कम्पनीले आफ्नो उद्येश्य एवं परियोजना बमोजिमका कार्यहरूका लागि कम्पनीको चुक्ता पूँजी भन्दा बढि रकम कुनै बैंक तथा वित्तिय संस्थाहरूबाट थप कर्जा सुविधा लिनु परेको खण्डमा पनि कर्जा सम्झौता गरी आवश्यक रकम कर्जा सुविधा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्ने प्रस्ताव पेश गर्ने छ।कम्पनीले साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ८ गतेको लागि बुक क्लोज मिति तय गरेको छ। कात्तिक ७ गतेसम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन।
असोज १५, काठमाडौं । नेप्सेमा सूचीकृत २७ ओटा वाणिज्य बैंकमध्ये ४ ओटा वाणिज्य बैंकले शेयरधनीका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
यी चार ओटा कम्पनीले गत आव २०७७/७८ को मुनाफाबाट यस वर्षका लागि शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सानिमा बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र कुमारी बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । कुमारी बैंक बाहेकका तीन ओटा कम्पनीको लाभांश अघिल्लो आवको तुलनामा बढाएका छन् ।
यी चार ओटा कम्पनीमध्ये सबैभन्दा बढी सानिमा बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यसैगरी माछापुच्छ्रे बैंकले १३ दशमलव ३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यी चारओटै कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
यी चार ओटा कम्पनीमध्ये सिटिजन्स बैंकले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १५औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस आधारमा असोज २० गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।
स्रोत : कम्पनीद्वारा प्रकाशित नोटिस
कुमारी बैंक Kumari Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद लाभांश गरि कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल बैंकको चुक्ता पुंजी १३ अर्ब ८७ करोड रहेको छ ।