भरतपुर – चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ मा विद्युतीय तारबार गरिएको हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थानमा गैँडा, बँदेललगायतका जङ्गली जनावर पछिल्लो समय स्थानीयलाई दुःख दिन थालेका थिए। शनिबार गाउँको पूर्वी सिमानामा विद्युतीय तारबार गरिएको मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले बताए। ‘जङ्गली […]