काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको कुमारीघरमा पुगी जीवित कुमारीको पूजाअर्चना गरेकी छन्। उनी शुक्रबार अबेर कुमारीको पूजा गर्न कुमारीघर पुगेकी थिइन्। राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारीको पूजा गरेर फर्केपछि पूर्वराजा ज्ञानेन्द्र शाह पनि कुमारीको पूजाआजा गर्न कुमारीघर पुगेका थिए। यसअघि पूर्वराजाका तर्फबाट तयार गरेको प्रसाद इन्द्रजात्राको पूजामा पुर्याइएको थियो। राति […]