सेवाग्राहीको चाप बढेपछि आलोपालो प्रणाली

बनेपा । राष्ट्रिय परिचयपत्र बनाउनका लागि विवरण भर्न आउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आलोपालो प्रणालीअनुसार सेवा दिने भएको छ । दुई वटा दर्ता स्टेसनको व्यवस्था गरी विवरण दर्ता गराउने व्यवस्था मिलाइए पनि सेवाग्राहीको चाप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै यही असार ७ गतेदेखि आलोपालो प्रणालीअनुसार सेवा दिने व्यवस्था […]

सम्बन्धित सामग्री

जिप्रका सुर्खेतमा आलोपालो प्रणाली

कर्णाली– जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ। कार्यालयमा भीडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न बार प्रणाली लागू गरेको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहितको मतदाता […]

जिप्रका मोरङमा आलोपालो प्रणाली

मोरङ– कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक सेवा प्रवाहमा आलोपालो प्रणाली लागू गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेश तिम्सिनाले सेवाग्राहीको भीडभाड हुने र अत्यावश्यक सेवाका लागि प्रशासनले सेवा क्षेत्रभित्र पर्ने स्थानीय तहलाई आलोपालो प्रणालीबाट सेवा दिने जानकारी दिए। कार्यालयले नयाँ नागरिकताका लागि बुढीगंगा र जहदा […]

तीन पालिकाका सेवाग्राहीलाई आलोपालो प्रणाली

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिका हेरफेर गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेवा प्रवाहका क्रममा भुम्लु, बेथानचोक र रोशी गाउँपालिकाका सेवाग्राहीलाई समय तालिकाअनुसार नै सेवा प्रवाह गर्ने गरी हेरफेर गरिएको कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दैनिकरूपमा आउने सेवाग्राही नागरिकता बनाउन, राहदानी बनाउन, नवीकरण गर्न र राष्ट्रिय परिचयपत्र बनाउन दैनिक ५०० भन्दा बढीको सङ्ख्यामा आउने भएपछि भीड कम गर्न सम

कोरोना जोखिम बढेपछि पालिकाका सेवाग्राहीलाई आलोपालो प्रणाली

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिकालाई हेरफेर गरेको छ ।  विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेवा प्रवाहका क्रममा भुम्लु, बेथानचोक र रोशी गाउँपालिकाका सेवाग्राहीलाई पनि समय तालिकाअनुसार नै सेवा प्रवाह गर्ने गरी हेरफेर गरिएको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम पोखरेलले दैनिकरूपमा आउने सेवाग्राही नागरिकता बनाउन, राहदानी बनाउन, नवीकरण गर्न र राष्ट्रिय परिचयपत्र बनाउन आउने दैनिक ५०० भन्दा बढीको सं...

चितवनमा असार २४ गतेसम्म निषेधाज्ञा थप

असार १६, चितवन । चितवनमा जारी निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीवार आदेश जारी गर्दै असार २४ गतेसम्मका लागि थप गरेको हो ।  जारी निषेधाज्ञा बिहीवार राति १२ बजे सकिदैछ । निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै प्रशासनले एक साता थप गरेको जानकारी दिएको छ । तर अघिल्ला दिनहरुमा गरिने निषेधाज्ञा भन्दा अब थपिएको निषेधाज्ञा केही क्षेत्र भने खुकुलो गरिएको छ ।  जसअनुसार प्रशासनले सेवाग्राहीको बढी भिडभाड हुने सरकारी कार्यालयहरुले बार अनुसार सेवा प्रवाह गर्न पाइने निर्णय गरेको छ । जस अनुसार प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालय अब आंशिक रुपमा खुल्नेछन् ।  कुन कार्यालय कहिले खोल्ने भनेर स्थानीय तहले आलोपालो प्रणाली तोक्ने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । अन्य सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न सक्नेछन् । यस्तै, शुक्रवारदेखि नै तीन पाङग्रे सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू हुने भएको छ । सार्वजनिक यातायातलाई विस्तारै सहज बनाउदै लैजाने क्रममा बढीमा २ जना यात्रु बोक्ने गरी तीन पांग्रे सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने प्रशासनले जानकारी दिएको छ । जोर गते जोर नम्बरको र बिजोर गते बिजोर नम्बरको अटो रिक्साजस्ता तीन पांग्रे सवारी साधन सञ्चालन गर्न पाइनेछ । तीन पांग्रे अटोरिक्सा पूर्व निर्धारित रुटमा मात्रै चल्न पाउनेछन् । यस्तै ट्याक्सीमा पनि जोर बिजोर प्रणाली लागू गरिएको छ । प्रशासनले यसअघि २ पाग्रे निजी सवारी साधनमा मात्रै जोर बिजोर लागू गरेको थियो । दैनिक उपभोग्य तथा आवश्यकताका पसलहरु साताको तीन दिन दैनिक ६ घण्टा खोल्न पाइने भएको छ । यसअघि हप्ताको तीन दिन ४ घण्टामात्र खोल्न दिइएको थियो । जसअनुसार इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल, भाडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसल आइतवार, मंगलवार र बिहीवार दिउँसो १२ बजेदेखि ६ बजेसम्म खोल्न पाइने प्रशासनको आदेश छ ।