मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले राजसंस्थाको पुनर्स्थापना, हिन्दु राष्ट्र र प्रदेश संरचना खारेजीको पक्षमा भोट माग्नुपर्ने भएको छ । आफैँसमेत सहभागी भएर बनाएको संविधान र व्यवस्थाविपरित एमालेले यो निर्वाचनमा मत माग्नु पर्ने भएको हो । परिवर्तनको पक्षधर मानिएको एमालेले संविधान र व्यवस्थाकै विरुद्ध मत माग्नुपर्ने कारण भनेको उसले गरेको चुनावी तालमेल हो । एमालेले यो निर्वाचनमा राजसंस्थासहितको हिन्दु राष्ट्र र प्रदेश संरचना खारेजको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन