काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा भोट पाउन मतदाताको हत्या गरिएको आरोप लगाएका छन्।प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘निर्वाचनमा रुकुममा भोट पाउन मतदाताको हत्या गरियो। मतदाता अपहरण गर्ने, हत्या गर्ने र लगेर वनमा फाल्ने जस्ता काम गरियो।’ ओलीले हुम्लामा मतदान भइसकेपछि आँगनमा बसेको कार्यकर्ताको बुवालाई हमला गरिएको बताए। ‘हुम्लामा मतदान भइसकेपछि मतगणनाको सन्दर्भमा राजनीतिक कार्यकर्ता घरमा आएर बसे र कार्यकर्ताको बाबु आँ