भारतीय वायुसेवाको विमान दुर्घनाग्रस्त, चालक सुरक्षित

भारतीय वायुसेनाको एक प्रशिक्षण विमान मध्य प्रदेशको भिन्द जिल्लामा बिहीवार दुर्घटनाग्रस्त भएको छ ।  विमानचालक सुरक्षित त्यहाँबाट निस्केको समाचार छ ।  ‘विमान रुटिन मिसनमा उडिरहेको थियो र ग्वालियर एयरफोर्स स्टेसनबाट उडेको थियो,’ एक अधिकारीले बताए । बाबेदी गाउँ नजिकको एक खेतमा विमान खसेको थियो ।  दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी राखिएको छ ।  सन् २०१६ देखि अहिलेसम्म भारतीय वायुसेनाका २७ वटा विमानहरू दुर्घटनामा परेका छन् ।   

सम्बन्धित सामग्री

जमेको पानीमाथि विमान सुरक्षित अवतरण

काठमाडौं : रुसमा पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ।  यो घटना सन् २०२३ को डिसेम्बर २४ को हो। विमानमा चालक दलका ४ सहित ३० यात्रु रहेका थिए। चालकको गल्तीका कारण विमान नदीमा अवतरण गरेको थियो। विमानमा भएका  यात्रीको भाग्य बलियो रहेछ। किनभने जहाज अवतरण भएको उक्त नदी चिसोका कारण पूर्ण रूपमा जमेको थियो। यस घटनाले विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक पनि लागेन। रुसी एयरलाइन्सका अनुसार उक्त जहाज याकुत्स्क–जायर्यंका&ndash

फ्लाई दुबईको विमान दुबईमा सुरक्षित अवतरण, काठमाडौँमा किन गरिएन अवतरण?

काठमाडौं विमानस्थलबाट उडे लगत्तै चरा ठोक्किएर इन्जिनमा समस्या आएको बताइएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । विमान स्थानीय समयअनुसार राती १२ बजेर ११ मिनेटमा अवतरण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको विमानको इञ्जिनमा खराबी देखिएपनि चालकले केहीबेर होल्ड गरेर विमान गन्तव्यतिर लगेका थिए […]

महिला चालक दलका सदस्यहरूको टिमद्वारा सुरक्षित अवतरण

नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक महिला चालक दलका सदस्यहरूको समूहले काठमाडौंमा विमान सुरक्षित अवतरण गरेको छ।...

दुर्घटनामा विमान नयाँ र पुरानो भनेर दाँज्नुहुँदैन

काठमाडौँ -पोखरामा भएको यति एयरलायन्सको दुर्घटनाले फेरि एकपटक नेपालको हवाई क्षेत्रको सुरक्षालाई सतहमा ल्याएको छ । नेपालमा पटक पटक हुने विमान दुर्घटनाले नेपाली आकाश अझैँ सुरक्षित छैन भन्ने झन् ठूलो खराब सन्देश अन्तर्राष्ट्रियस्तरमा गएको छ । पोखरामा चालकदलका सदस्यसहित ७२ जनाको मृत्यु भएको विमान दुर्घटनामा आधारित भएर नेपाल वायु सेवा निगममा तीन दशक जहाज चलाएर […]

१७३ जना सवार विमान फिलिपिन्समा दुर्घटनामा पर्यो, सबै यात्रु सुरक्षित

काठमाडौँ- १७३ जना सवार कोरियन एअर लाइन्सको विमान फिलिपिन्समा दुर्घटनामा परेको छ । फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा कोरियन एअर लाइन्सको विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । दक्षिण कोरियाको सोलबाट सेबुको लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । यद्यपि दुर्घटनाका बावजुद विमानमा सवार सबै यात्रु सुरक्षित रहेको रोयटर्सले जनाएको […]

भारतीय नौसेनाको लडाकु विमान दुर्घटना

एजेन्सी । भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि दुर्घटनाग्रस्त विमानको पाइलटलाई सुरक्षित रुपमा बचाउन सकिएको छ । यो विमान उडान पछि आफ्नो आधारमा फर्किरहेको थियो । प्रारम्भिक जानकारी […]

४२२७ दिनपछि चीनमा विमान दुर्घटना हुँदा कोही पनि जिवित भेटिएनन्

एजेन्सी, ८ चैत्र । चीनले हवाई उडानमा सबैभन्दा सुरक्षित रहेको दाबी गर्दै आएको थियो । ४२२७ दिनयता चीनले कुनैपनि विमान दुर्घटना नभएको रेकर्ड प्रस्तुत गर्दै आएको थियो । ७ चैत्रको साँझ चिनियाँ हवाई सुरक्षाको किर्तिमान रोक्किएको छ । ४२२७ दिनपछि चीनमा विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा […]

अमेरिकामा विमान दुर्घटना, सबै यात्रु सुरक्षित

अमेरिकाको टेक्ससमा एक विमान दुर्घटना भएको छ।म्याकडोनल डगलस एमडी–८७ जहाज दुर्घटनामा परेको सिएननले जनाएको छ। दुर्घटनामा सवार सबै यात्रु सुरक्षित रहेका छन्।ह्युस्टन बाहिर मंगलबार बिहान भएको विमान दुर्घटनामा सबै २१ यात्रुहरू बाँच्न सफल भएका हुन्। ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगलागी भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ।

पौने घण्टा काठमाडौंको आकाशमा फन्को मारेर सुरक्षित अवतरण भयो बुद्ध एयरको विमान

विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको छ । सोमवार बिहान विराटनगरका लागि उडेको विमान अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको थियो ।  काठमाडौंको आकासमा ६ / ७ पटक फन्को मारेपछि विमान ल्याण्ड गरेको बुद्ध एयरका निर्देशक रुपेश जोशीले लोकान्तरलाई जानकारी दिए । विमानमा चालक दलका सदस्य सहित ७३ जना रहेको उनले बताए । सोमवार बिहान साढे १० बजे विमान सुरक्षित अवतरण भएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रहरी प्र...