सल्यानमा बाढी-पहिरोबाट ५०० परिवार प्रभावित

सल्यान : बाढी–पहिरोबाट सल्यानमा करिब ५०० परिवार प्रभावित भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिअनुसार दशवटै स्थानीय तहका तीन दर्जनभन्दा बढी बस्ती बाढी–पहिरोको उच्च जोखिममा रहेका छन्।समितिका अनुसार कालीमाटी गाउँपालिकाको काप्रेचौर, कालिमाटी काल्चे, कालीमाटी रामपुर बाढीको उच्च जोखिममा रहेका छन्। यस्तै, कपुरकोट गाउँपालिकाको धनवाङ्ग र सिनवाङ्ग, छत्रेश्वरी गाउँपालिकाको झिम्पे, सिद्ध कुमाख गाउँपालिकाको सिद्धेश्वरी क्षेत्र, बागचौर नगरपालिकाको बाफुखोला, कुमाख गाउँपालिकाको मर्मपरिकाँडा, स्वीक

सम्बन्धित सामग्री

शैक्षिक स्तर उकास्न सल्यानमा पढाइ मेला

सल्यान : शैक्षिक गुणस्तर सुधारका लागि सल्यानमा पढाइ मेला सञ्चालन गरिएको छ। शिक्षण सिकाई, पढाइ सामाग्री र अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने विश्वासका साथ सल्यानको कपुरकोट गाउँपालिका छरिमस्थित जीवन ज्योति नमुना माध्यमिक विद्यालयमा पढाइ मेलाको आयोजना गरिएको हो। बालबालिकालाई घरमा पढ्ने वातावरण तयार गर्नमा परिवार र समुदायलाई सघाउन पढाइ मेला लगाएको विद्यालयले जनाएको छ।पढाइ मेलाले वातावरण सृजना गर्न, गराउन, शैक्षिक सामग्री निर्माण र प्रयोग गर्न, गराउन, शिक्षण सिकाइ क्रियाकला

सल्यान बाढीपहिरो : तीन जनाको मृत्यु, ८४ परिवार विस्थापित

सल्यान : सल्यानमा बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको छ। असोजमा परेको पानीका कारण सल्यानका १० स्थानीय तहमा ६४ घर पूर्णरुपमा क्षति भएका छन्। ९१ घर पहिरोको जोखिममा परेका छन्। पहिरो र वर्षाले घर भत्किँदा ८४ घरपरिवार विस्थापित भएका छन्।पहिरोले च्यापिएर शारदा नगरपालिका ८ मार्केका वर्ष १३ का अजय विक, पहिरोसँगै खसेको ढुंगाले लागेर त्रिवेणी गाउँपालिका २ गैरागिठीका ४४ वर्षीय चन्द्रबहादुर पुन र खोलाले बगाएर कालिमाटी गाउँपालिका ५ लामितराका ६५ वर्षीय नरबहादुर दर्लामीको मृत्यु भएको छ।जिल्ला प्रहरी का

बाढीपहिरोका कारण सल्यानमा ३ जनाको मृत्यु

केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सल्यानमा ३ जनाको मृत्यु भएको छ । वर्षात्‌ले घर भत्किँदा र पहिरोले उच्च जोखिममा पर्दा ७८ परिवार विस्थापित भएका छन् ।

पहिरोका कारण सल्यानमा दुई जनाको मृत्यु

अविरल वर्षापछिको पहिरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । १२ घर भत्किएका छन् भने दुई दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । जिल्लाको शारदा नगरपालिका ८ मार्केमा घर नजिकै पहिरोले पुरिएर १३ वर्षीय बालक अजय बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताए ।

सल्यानमा पहिरोले बगायो बस्ती

सल्यान :  कपुरकोट गाउँपालिका ५ को एक बस्ती पहिरोले बगाएको छ। पहिरोले बस्तीनै पहिरोले बगाए पछि सल्लाम गाउँका १४ घर परिवार विस्थापित भएका छन्।अविरल वर्षापछि आएको पहिरोले सल्लाम गाउँका ३ घर र ३ गोठ पुरिएका छन भने दर्जन बढी घर उच्च जोखिममा रहेका छन्। पहिरोले घरबास बगाएका पिडित परिवार र उच्च जोखिमका कारण विस्थापित परिवारलाई कपुरकोट ५ खालि स्थित सिद्ध आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको ५ नं वडा अध्यक्ष होमराज खड्काले जानकारी दिए।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्लामका केशरसिंह रानाको ए

घर पाएपछि सल्यानका अति विपन्न समुदायको मुहारमा छायो खुसी

सल्यान : जनता आवास कार्यक्रमबाट घर पाएपछि सल्यानका अति विपन्न समुदायको मुहारमा खुशी छाएको छ। दैनिक ज्याला मजदुरी गर्दा पनि परिवारको छाक टार्न मुस्किल भएका समुदायलाई जनता आवास कार्यक्रमले घर बनाइ दिएको हो।दलित, विपन्न, सीमान्तकृत र लापोन्मुख समुदायका लागि सल्यानमा चालु आर्थिक वर्ष ५० घर निर्माण गरिएको छ। सकड निर्माणका क्रममा घर भत्किएपछि शारदा नगरपालिका–६ बरलाका रेशम परियारको परिवार एक वर्षदेखि पशु सेवा कार्यालयले निर्माण गरेको पशु संकलन केन्द्रमा बस्दै आइरहेको थियो। सार्वजनिक स्थलमा ए

जनता आवास कार्यक्रममार्फत सल्यानमा ५० ओटा घर निर्माण

असार १९, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका - ६ भुम्केज्युलाका डिल्ली पुन घरबिहिन थिए । झण्डै एक दशक छिमेकीको घरमा बस्दै आएका उनी अहिले आफ्नै घरमा बस्न थालेका छन् । जग्गा जमीन केही नभएका उनलाई घर निर्माणको लागि जनता आवास कार्यक्रममार्फत रकम प्राप्त भयो ।  सरकारले पैसा दिएर घर बनाइदियो खुसी हुँदै उनले भने ‘एक दशकपछि अहिले आफ्नै नयाँ घरमा बस्न थालेको छु ।’ कालिमाटी गाउँपालिका २ बराढुंगाका मेघराज परियारको नाममा जग्गाजमिन केही छैन ।  ४ जनाको परिवार ज्यालामजदूरी गरेर पाल्दै आएका उनलाई सरकारले घर निर्माणका लागि रकम दियो । ‘हामी गरीब छौँ, तर सरकारले घर बनाउन पैसा दिएकाले घर बनायौँ, राम्रो भयो’ उनले भने । नयाँ घर बनाउन सरकारले दिएको खर्चले घर निर्माण भएपछि खुसी छाएको उनको भनाइ छ । छत्रेश्वरी गाउँपालिका - ५ लेखपोखराकी धनी कामीको पनि घर थिएन । जसोतसो जीवन गुजारा चलाउँदै आएकी उनलाई पनि सरकारले घर निर्माणका लागि रकम दियो र अहिले उनी नयाँ घरमा बस्दै आएकी छिन् । ‘घर नहुँदा समस्या थियो, विपन्न परिवारको लागि कोही छैन, भन्ने मनमा लाग्ने गर्थ्यो तर हाम्रो लागि सरकार रहिछ, २ कोठे घर निर्माण गरिदियो’ उनले भनिन् । उनीहरु तीनजना त प्रतिनिधि पात्र मात्रै हुन्, जनता आवास कार्यक्रम अन्तर्गत आवास निर्माण भएपछि सल्यानका ५० विपन्न परिवार खुसी भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्य अनुसार चालू आर्थिक वर्षमा जिल्लामा ५० ओटा घर निर्माण सम्पन्न भएका हुन् । तीन नगरपालिका र सात गाउँपालिका गरेर १० ओटा स्थानीय तह भएको सल्यानमा प्रत्येक स्थानीय तहमा ५/ ५ ओटाका दरले घर निर्माण भएका हुन् ।  घरविहिन परिवारका लागि संघिय सरकारले जिल्लामा ५० आवास निर्माण गर्न रू. १ करोड ७५ लाख रुपैयाँ पठाएको थियो । सोही बजेटको पुर्वाधार विकास कार्यालय सल्यानले कार्यान्वयन गरेको हो । सोही रकमबाट घर निर्माण सम्पन्न भएको कार्यालयका प्रमुख बिनोद पुनले जानकारी दिए ।  उनका अनुसार घर निर्माणका लागि प्रत्येक परिवारले अधिकतम ३ लाख ३६ हजार रुपैयाँ प्राप्त गरेका छन् । ‘यसवर्ष जिल्लामा ५० ओटा आवास निर्माण भएका छन्, जनता आवास कार्यक्रमको कार्यविधि अनुसार रकम भुक्तानी भइरहेको छ, बाँकी रकम भुक्तानीको प्रक्रियामा रहेको छ’ उनले भने ‘यसवर्ष जनता आवासको रकम केही अपुग हुनेभयो, हामीले मन्त्रालयसँग बजेट माग गरेका छौँ ।’ आवासका लागि दुई कक्षसहितको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको छ । कार्यालयका असिस्टेन्ट सव इन्जिनियर महेश कुमार वलीले आवास निर्माण कार्यक्रम लोकप्रिय रहेको बताए ।  यो लक्षित समुदायसम्म पुग्ने कार्यक्रम भएकाले उनीहरु पनि खुसी भएको वलीको भनाइ छ । जिल्लामा आवास निर्माणका लागि सयौँ परिवारले माग गरेको पुर्वाधार विकास कार्यालय सल्यानले जानकारी दिएको छ ।

सल्यानमा एक महिला मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दार्मा गाउँपालिका वडा नं. ५ गौतेकी ३० बर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अबस्थामा फेला परेकी हुन्। जेठ ३१ गते बेलुकादेखि हराएकी खिमा खोला किनारमा मृत अवस्थामा फेला परेपछि परिवार जनले उनको बलात्कार पछि हत्या भएको दाबी गरेका छन् । सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले घटना शंकास्पद रहेको जानकारी दिए । आइतबार रिपोर्ट आइतबार मात्रै आउने र त्यसपछि खिमाको मृत्युको कारण भन्न मिल्ने डिएसपी थापाले बताए । खिमाका श्रीमान खिमबहादुर खड्का आठ...

सल्यानमा पाठेघर खसेका २८ महिलाको निःशुल्क शल्यक्रिया

न्युज अफ नेपाल, सल्यान । सल्यानमा पाठेघर खसेका २८ जना महिलाको निशुल्क शल्यक्रिया गरिएको छ । लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका महिलाको निःशुल्क शल्यक्रिया गरिएको हो । परिवार र समाजबाट अपहेलित हुने डरले रोग लुकाएर बसेका महिलाले निःशुल्क शल्यक्रिया सेवा पाए पछि खुसि भएका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानले सञ्चालन गरेको निःशुल्क […]

परिवार त्यागेर बेपत्ता, भेटिँदा दोस्रो विवाह

सल्यान : सल्यानबाट हराएका भनिएका अधिकांश महिलाहरू दोस्रो विवाह गरी बसेको अवस्थामा फेला परेका छन्‌। जिल्लाका प्रहरी प्रमुख गोविन्द थापाका अनुसार हराएका अधिकांश महिलाले दोस्रो विवाह गर्ने गरेको पाइएको हो। उनले भने, ‘घर-परिवारले हराएको खबर गर्छन्‌। खोजबिन गर्दै जाँदा अर्कैसँग विवाह गरेर बसेको पाइएको छ।’ सल्यानमा चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो ६ महिनामा ६२ महिला, पुरुष तथा बालबालिका हराएका छन्। हराएकामध्ये अझै २० जना सम्पर्कविहीन रहेको प्रहरीले